मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

दश लाखसम्मको विज्ञान प्रविधि अनुसन्धान वृत्ति दिँदै नास्ट 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २३ २०८०
images
images
दश लाखसम्मको विज्ञान प्रविधि अनुसन्धान वृत्ति दिँदै नास्ट 

१० लाखसम्मको प्रस्तावलाई मान्यता दिइने नास्टले जानकारी दिएको छ। यसबाट छानिएकाहरूले अनुसन्धान प्रस्ताव अनुसारको काम १ वर्षभित्र गर्नुपर्ने छ। 

images
images

काठमाडौं- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले १० लाख रुपैयाँसम्मको अनुसन्धान वृत्ति दिने भएको छ। नास्टले अनुसन्धान वृत्तिका लागि सार्वजनिक आव्हान गरेको छ। 

images
images
images

नेपालका लागि आवश्यक नवितम प्रविधि विकास तथा सुधारका लागि आवश्यक अध्ययन तथा अनुसन्धानका लागि भन्दै यस्तो वृत्ति दिने भएको हो। 

images

यस्तो अनुसन्धान गर्न इच्छुक नेपाली नागरिकले १५ दिनभित्र नास्टमा आवेदन दिनुपर्नेछ। 

images
images
images

कृषि प्रविधि तथा यान्त्रिककरण, खाद्य प्रविधि, सूचना प्रविधि, ऊर्जा तथा यातायात, शहरी विकास, उदीयमान प्रविधि, प्राकृतिक स्रोतको उपयोग, वातावारण तथा जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरणको क्षेत्रमा केन्द्रीत अनुसन्धानलाई अनुदान दिइने नास्टले जानकारी दिएको छ। 

यस्तो अनुसन्धान अनुदान लिनका लागि प्रस्ताव तयार पार्नुपर्ने छ। १५ पृष्ठसम्मको प्रस्ताव पेश गर्नुपर्ने छ। 

१० लाखसम्मको प्रस्तावलाई मान्यता दिइने नास्टले जानकारी दिएको छ। यसबाट छानिएकाहरूले अनुसन्धान प्रस्ताव अनुसारको काम १ वर्षभित्र गर्नुपर्ने छ। 


प्रकाशित : बिहीबार , कात्तिक २३ २०८००४:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend