सोमबार, वैशाख २४ गते २०८१    
images
images

ज्यागुअर ल्यान्ड रोभर : टाटाको त्यो ‘भयंकर गल्ती’ले अहिले बनिरहेको मनग्य नाफा

टाटाका ईभीमा जेएलआरको प्लेटफर्म सेयरिङ हुने 

images
images
images
ज्यागुअर ल्यान्ड रोभर : टाटाको त्यो ‘भयंकर गल्ती’ले अहिले बनिरहेको मनग्य नाफा

यस्तो भन्नुमा उनीहरुको तर्क केहीहदसम्म ठिक पनि थियो। विश्व आर्थिक मन्दीमा जाँदै गरेको अवस्थामा अर्बौँ डलर खर्चिएर विलासी ब्रान्ड किनेर त्यसलाई चलाउने अवस्था नभएको विज्ञहरुको तर्क थियो।

images
images

काठमाडौं- २००८ जुन २ को त्यो दिन खैरो सुट र सेतो सर्टसहितको पोशाकमा रतन टाटा छरितो र विश्वस्त देखिएका थिए। त्यो विश्वस्तता किन पनि देखिएको थियो भने त्यही दिन रतनले बेलायती विलासी कार ब्रान्ड ज्यागुअर ल्यान्ड रोभर (जेएलआर) को मोल छिनेका थिए। 

images
images
images

त्यतिबेला रतन टाटाले हात्ताहाती २ अर्ब ३० करोड अमेरिकी डलरमा जेएलआर खरिद गर्नेगरी मोल छिनेका हुन्। मोल छिन्दै गर्दा रतन यति विश्वस्त देखिएका थिए कि जेएलआरलाई नयाँ उचाइमा पुर्‍याउन सक्नेछन्।

images

बेलायतको ग्याइडोनमा रहेको केन्द्रीय कार्यालयमा मोलतोल सकिएपछि तालीको गडगडाहट र थेगिननसक्नु बधाईको ओइरो लागिरहेको थियो। अर्कोतर्फ भने केहीले खिल्ली उडाउने शैलीमा आलोचना गरिरहेका थिए। उनीहरूले यतिसम्म भनेका थिए कि ‘पृथ्वीमा यो के र किन भइरहेको छ?’

images

यस्तो भन्नुमा उनीहरूको तर्क केही हदसम्म ठीक पनि थियो। विश्व आर्थिक मन्दीमा जाँदै गरेको अवस्थामा अर्बौँ डलर खर्चिएर विलासी ब्रान्ड किनेर त्यसलाई चलाउने अवस्था नभएको विज्ञहरूको तर्क थियो। सो समयमा विलासी कार तथा एसयूभीको बिक्री विश्वभर नै निराशाजनक थियो। ज्यागुअर ल्यान्ड रोभर ठूलै घाटासम्मुख थियो। त्यसैले कयौँ विज्ञहरूले रतनको २००८ जुन २ को जेएलआरको मोल छिन्ने निर्णयलाई टाटा मोटर्सको ‘भयंकर गल्ती’का रुपमा अर्थ्याएका थिए। 

images
images

तर रतन टाटा र टाटा मोटर्सले जेएलआर ब्रान्ड खरिदलाई विश्व बजारमा प्रवेश गर्ने सुनौलो अवसरका रुपमा व्याख्या गरेर आत्मविश्वास जगाएका थिए। रतन र उनको कम्पनी विश्वस्त भएपनि सम्भौताको सुरुवाती समयमा धेरैले उक्त निर्णयलाई राम्रो मानेका थिएनन्।  

जेएलआर खरिद गर्दा टाटा मोटर्सका नाममा २१ हजार ९ सय करोड भारु ऋण थमाइएको थियो। आर्थिक वर्ष ०९ मा टाटा मोटर्सको घाटा २५ सय करोड भारु थियो। यो घाटा तत्कालीन समयको ७ वर्षपछिको पहिलो थियो। 

त्यसयताका केही वर्ष टाटा मोटर्स र ज्यागुअर ल्यान्ड रोभरले तलाउमा टाउकोमात्र तैरिएकोजस्तो अवस्थामा संघर्ष गरेका हुन्। टाटाले जेएलआर खरिद गरेको १५ वर्ष भएको छ। यी १५ वर्षमा २००८ मा बनेका न्यारेटिभहरू समय जसरी बदलियो त्यसैगरि बदलिए। 

JLR Logo.png

टाटा मोटर्स हाल भारतको तेस्रो धेरै बजार हिस्सा भएको कार उत्पादक कम्पनी बनेको छ। हुन्डाईभन्दा पछि रहेको टाटाको प्यासेन्जर कार सेगमेन्टमा १३.४ प्रतिशत बजार हिस्सा छ। त्यस्तै रतन टाटा गलत थिएनन् भन्ने कुराको प्रमाण जेएलआरले पछिल्लो समय गरेको पर्फमेन्सबाट मिल्छ। 

आर्थिक वर्ष २४ को दोस्रो त्रैमासमा टाटा मोटर्सको कुल आम्दानी र नाफामा जेएलआरको योगदान दुई तिहाइ रहेको छ। त्यस्तै टाटा मोटर्सको सेयर मूल्यमा जेएलआरको मूल्यांकन एक तिहाइ पुगिसकेको छ। पछिल्लो केही वर्षयता टाटा मोटर्सको आम्दानीमा जेएलआरले ठूलो योगदान गर्न थालिसकेको छ। 

अहिले के परिवर्तन भयो त भन्दा जेएलआरको नाफामा उल्लेखनीय सुधार आएको छ। त्योभन्दा बढी कम्पनीको नगद प्रवाहमा निकै सहजता मिलेको छ। एफवाई २४ को आधा समयमै वर्षभरि हुनेजति क्यास-फ्लो देखिइसकेको छ। टाटा व्यवस्थापन जेएलआरको नाफा २०२४ मा ८ प्रतिशत र २०२६ मा १० प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ। यसले आगामी दिनमा टाटा मोटर्सको सेयर मूल्य बढ्नमा जेएलआर उत्प्रेरक हुनेछ। 

त्यसो भए जेएलआरले यो सब कसरी हासिल गर्‍यो त? यो रुपान्तरणको बाहकका रुपमा कुटिल रणनीति र भएको स्रोतको समुचित उपयोग नै हो भन्ने कथासार रहेको इकोनोमिक टाइम्सको ईटी प्राइममा उल्लेख छ। यसमा टाटा ग्रुपका तत्कालीन अध्यक्षसमेत रहेका रतन टाटाको महत्वपूर्ण भूमिका थियो। जेएलआर रतनकै जोडबलमा किनिएकाले यसलाई जसरी पनि सफल बनाउने प्रण रतनले गरेका थिए। 

यो आर्थिक वर्षमा जेएलआरको पर्फमेन्स कस्तो छ त? संसारभर आर्थिक मन्दीको संकेत देखिएकाले सवारीको पनि माग खुम्चिएको छ। त्यसैले जेएलआरले एफवाई १८ मा हालसम्मको सर्वाधिक बिक्री गरेको थियो। यो आवमा सोही वर्षको तुलनामा बिक्री ३६ प्रतिशतले कमी आउने अनुमान गरिएको छ। तर कम्पनीको आम्दानीमा भने धेरै ठूलो गिरावट नहुने आँकलन छ। यसले क्यास-फ्लो र कम्पनीको नाफामा प्रभाव पार्ने छ। 

एफवाई २३ मा जेएलआरको कुल ऋण ३ अर्ब पाउन्ड रहेको छ। यसलाई एक अर्बमा झार्ने र एफवाई २५ मा पुग्दा ऋण सकिएर कम्पनीसँग नगद बचत हुने योजना रहेको छ। यो ऋण घटाउनमा टाटा मोटर्सको पनि महत्वपूर्ण भूमिका हुनेछ। 

tata motors.PNG

जेएलआरले नाफा बनाउन सक्नुमा कम्पनीले धेरै नाफा हुने उत्पादनलाई विशेष प्राथमिकता दिनु नै हो। त्यो भनेको जेएलआरको रेन्ज रोभर, रेन्ज रोभर स्पोर्टस् र डिफेन्डरको उत्पादन बढाउनु हो। यो वर्षको ६ महिनामा यी सवारीको बिक्री समग्र सवारी बिक्रीमा ६४ प्रतिशत हिस्सा रहेको छ र वर्षको अन्त्यसम्ममा यो हिस्सा बढेर ७७ प्रतिशत पुग्ने विश्वास कम्पनीको छ। ४० हजार पाउण्ड मूल्य पर्ने रेन्ज रोभर इभोक अहिले जेएलआरको सर्वाधिक बिक्री हुने गाडीमा पर्छ। इभोकसहित अन्य कार पनि राम्रै नाफा बनाउने मोडलमा पर्छन्। 

यी सेगमेन्टमा कारको बजार हिस्सा अहिले ५.५ प्रतिशत रहेको र २०२६ मा पुग्दा यसलाई ५.८ प्रतिशत पुर्‍याउने लक्ष्य कम्पनीको छ। धेरै मार्जिन हुने सवारीको बिक्रीलाई विश्वव्यापी बनाउने, यो आवको दोस्रो ६ महिनामा १२ प्रतिशत र आव २०२६ मा यसलाई १७ प्रतिशत बनाउने योजना कम्पनीले तय गरेको छ। 

जेएलआरले ज्यागुअरका सेडान कारहरू नबनाउने भएको छ। यो सेगमेन्टमा मार्जिन नबस्ने भएकाले ज्यागुअरका सेडान कार नबनाउने निष्कर्षमा कम्पनी पुगेको हो। त्यसैले जेएलआरले २०२५ मा ज्यागुअरको पुनर्जन्म हुने भनेको छ। त्यो भनेको कम्पनीले ज्यागुअरका ती नयाँ मोडलका पूर्णविद्युतीय स्पोर्टस कार बजारमा ल्याउने जनाएको छ।

एक पटकको फुल चार्जमा ७ सय किलोमिटर रेन्ज दिन यी विद्युतीय कारको मूल्य १ लाख पाउण्डबाट सुरु हुनेछ। ज्यागुअरका मात्र नभइ ल्यान्ड रोभरका पनि हाइ मार्जिन सवारीमा केन्द्रित हुने नीति कम्पनीले लिएको छ। आगामी दिनमा आउने तय भएका नयाँ मोडलका कारहरू पनि सोही नीतिमा आधारित हुनेछन्। 

जेएलआरले २०२४ मा ब्याट्रीमा आधारित विद्युतीय रेन्ज रोभर र त्यसलगत्तै ईभीमै रेन्ज रोभर स्पोर्टस ल्याउने बताएको छ। यी गाडीहरू महँगा हुनेछन् भने यीनमा मार्जिन पनि राम्रै हुनेछ। जेएलआरको आरएन्डडीको कुरा गर्दा कम्पनीले गत वर्षभन्दा यो वर्षको बजेट ५० प्रतिशतले बढाएको छ। यो भनेको कम्पनीले विद्युतीय सवारीबाट ठूलो नाफा बनाउन अहिले लगानी व्यापक रुपमा बढाएको हो। चालु आवमा जेएलआरले आरएन्डडी लगायतमा ३ अर्ब डलर खर्च गर्दै छ भने २०२५ मा यस्तो ३.५ अर्ब युरो हुनेछ। 

उत्पादन तथा वितरण प्रणालीमै पनि पुनर्विचार गर्ने योजना पनि जेएलआरले तय गरेको छ। २०२४ देखि २०२७ सम्ममा उत्पादन क्षमता २० प्रतिशतसम्म कटौती गर्ने कम्पनीको कार्ययोजना रहेको इनभेस्टर डेमा प्रस्तुत गरिएको थियो। यो कार्ययोजनाअनुसार कम्पनी उच्च विलासी कार उत्पादन न्यून गर्न खोजेको हो। 

त्यस्तै कम्पनीले हालसम्म ८ प्रतिशत कर्मचारीसमेत कटौती गरिसकेको छ। तथापी यो वर्ष वार्षिक रुपमा कर्मचारीको तलबलगायत लागत करिब १८ प्रतिशतले बढेको छ त्यस्तै जेएलआरले २५ करोड पाउण्ड लागतमा नयाँ बीईभी टेस्टिङ फ्यासिलिटी बनाउँदै गरेको र यसमा ३ सय ५० जनाले रोजगारी पाएका छन्। 

विश्वका मुख्य अर्थतन्त्रहरूमा विलासी एसयूभी सेगमेन्टका सवारीको माग निरन्तर बढ्दो क्रममा छ, यो भारतको हकमा पनि लागु हुन्छ। मन्दीउन्मुख अर्थतन्त्र र प्रतिस्पर्धाले पनि बजारलाई केही प्रभावित गर्ने छ। तर आगामी दिनमा कच्चा पदार्थको मूल्य घट्ने अपेक्षाले कम्पनी सकारात्मक देखिएको छ। यो कति दीर्घकालिन होला त्यो भन्न सकिन्न। 

त्यसैले टाटा मोटर्स र जेएलआर दुवैले ब्याट्रीमा आधारित विद्युतीय सवारी उत्पादनलाई जोड दिने र यसलाई मेट स्ट्रिम बनाउन चाहिरहेका छन्। तर यसले कम्पनीको मार्जिन प्रभावित हुने सक्ने अनुमान गरिएको छ। ईभीको चुनौतीबारे आईसीआईसीआई सेक्युरिटिजको प्रतिवेदनमा वासुदेव बेनर्जीले जेएलआरको ब्याज, कर, ह्रासकट्टी र ऋणमुक्तिपूर्वको आम्दानीमा २०२५ देखि प्रभाव पर्ने बताएका छन्। यसको मुख्य कारण जेएलआरको व्यापारमा ईभीको प्रवेशलाई उनले मानेका छन्। 

हाल टाटा मोटर्सको ईभी व्यापारबाट ब्याज, कर, ह्रासकट्टी र ऋणमुक्तिपूर्वको आम्दानी ५ प्रतिशतले ऋणात्मक छ भने आईसी इन्जिन कारमा ९ प्रतिशत रहेको छ। विद्युतीय रेन्ज रोभर आउँदा जेएलआरको आम्दानी पनि प्रभावित हुने अनुमान यसैका आधारमा गरिएको छ। हालै मर्सिडिजले विद्युतीय कारको मूल्य निर्धारण निकै क्रुर रहेको र त्यसरी गरिएको मूल्य निर्धारणबाट नाफा निकाल्न ज्यादै कठिन भएको उल्लेख गरेको छ। मूल्य निर्धारणमा जेएलआरले पनि त्यस्तै दबाब झेल्ने छ। 

अहिलेको जस्तै अवस्था कति समय रहन्छ त्यो भन्न नसकिने र त्यसपछिको अवस्था फारक हुन सक्ने विश्लेषण पनि भइरहेको छ। ठूला विलासी कार बिक्रेताहरूले लिने नीतिबाट पनि बजारमा दबाब सृजना हुनेछ। यसबारे जेएलआर तथा टाटा मोटर्सले पक्कै केही रणनीति तय गरेको हुन सक्छ। 

कम्पनी व्यवस्थापनले जेएलआर फरक ढंगल अघि बढेको र नाफा बनाउन अलग्गै गोरेटो कोरिरहेको जिकिर गर्दै आएको छ। यो किन पनि भनेको हुनुपर्छ भने टाटा मोटर्सको ईभी व्यापारबाट नाफा बन्ने लगभग सुनिश्चित देखिएको छ। पीएलआईसहित टाटा मोटर्सको ईभी बिजनेस आगामी वर्षमा नाफामा जाने निश्चित छ। यदि जेएलआरले पनि विद्युतीय कारबाट नाफा निकाल्न सक्यो भने परम्परागत कार निर्माताका लागि यो ठूलो झापड नै हुनेछ। र जेएलआर ईभी बिजनेसबाट नाफा बनेमा टाटा मोटर्स र उसबारे बताउने आश्चर्यजनक कथा हुनेछ। 

जेएलआर र टाटा मोटर्सको प्लटेफर्म सेयरिङ

टाटा मोटर्सले आफ्नो केही विद्युतीय कारमा ज्यागुअर ल्यान्ड रोभरको प्लेटफर्म सेयर गर्ने सम्झौता गरेको छ। दुई कम्पनीले हालै टाटा मोटर्सको नयाँ विद्युतीय कार अभेन्यामा जेएलआरको प्लेटफर्म प्रयोग गर्ने सहमति गरेका हुन्। 

टाटा मोटर्सले २०२३ को अटो एक्सपोमा विद्युतीय कार अभेन्याको कन्सेप्ट सार्वजनिक गरेको थियो। कन्सेप्ट सार्वजनिक गर्दै कम्पनीले २०२५ भित्र उक्त विद्युतीय कार बजारमा ल्याउने दाबीसमेत गरेको थियो। टाटा मोटर्स सवारीको विद्युतीकरणमा आक्रामक छ। हालसम्म टाटाका नेक्सन ईभी, टिगोर ईभी, टियागो ईभी कार बजारमा उपलब्ध छन्।

त्यस्तै कमर्सियल सेगमेन्टमा पनि टाटा मोटर्सले एस ईभी बजारमा ल्याइसकेको छ। टाटाका यी सबै सेगमेन्टका विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध भइसकेको छ। अन्य केही प्यासेन्जर कार पन्च ईभी, ह्यारियर ईभी, कर्भ ईभी र सियरा ईभी पाइपलाइनमा छन्। 

images

प्रकाशित : बिहीबार , कात्तिक २३ २०८००५:०६

प्रतिक्रिया दिनुहोस