काठमाडौं- महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा १० लाख रूपैयाँ सहयोग रकम प्रदान गरेको हो।
महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थमन्त्री प्रकाशशरण महतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। भूकम्प पीडितलाई विभिन्न संघसंस्थाहरुले सहयोग गरिरहेका छन्।