काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले भूकम्प प्रभावित क्षेत्रका लागि ५० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।
बैंकको आज बसेको सञ्चालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गतमा रहेर ५० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गर्ने बैंकले जनाएको छ।
गएको शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति गरेको छ।