शुक्रबार, असोज ४ गते २०८१    
images
images

नेपाल–युरोपेली संघ संयुक्त आयोगको तेह्रौं बैठक सुरु

images
बुधबार, मंसिर ८ २०७८
images
images
नेपाल–युरोपेली संघ संयुक्त आयोगको तेह्रौं बैठक सुरु

आगामी ६ वर्षमा नेपाललाई बहुवर्षीय वित्तीय ढाँचामा युरोपेली सङ्घले प्रदान गर्ने विकास सहायतामा केन्द्रित रहेर नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक यहाँ प्रारम्भ भएको छ ।

images
images

काठमाडौं-आगामी ६ वर्षमा नेपाललाई बहुवर्षीय वित्तीय ढाँचामा युरोपेली संघले प्रदान गर्ने विकास सहायतामा केन्द्रित रहेर नेपाल-युरोपेली संघ संयुक्त आयोगको १३औँ बैठक यहाँ प्रारम्भ भएको छ ।

images
images
images

बैठकमा नेपाल-युरोपेली संघबीचको सहकार्य, व्यापार, नागरिक उड्डयन सुरक्षा, अघिल्लो बैठकका प्रगतिको समीक्षा, समसामयिक राजनीतिक परिस्थिति, सामाजिक-आर्थिक विकासमा साझेदारी जलवायु परिवर्तनलगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकको सहअध्यक्षता नेपाली प्रतिनिधिमण्डलका नेता परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन्। भने सङ्घको नेतृत्व एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले गरेका छन्। 

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, राष्ट्रिय योजना आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी छन्। 

images

संघको प्रतिनिधिमण्डलमा टोली नेता पम्पालोनीसँगै ब्रसेल्सबाट आउनुभएका दुई उच्च अधिकारी, यहाँस्थित सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेजको समेत सहभागि छन्। 

कोभिड-१९ का कारण आयोगको १२औँ बैठक भर्चुअल माध्यमबाट गत वर्ष भएको थियो। प्रारम्भमा हरेक दुई वर्षमा काठमाडौँ र ब्रसेल्समा आलोपालो आयोजना गर्ने निर्धारण भएको उक्त बैठक विगत पाँच वर्षदेखि वर्षेनी हुँदै आएको छ। रासस


प्रकाशित : बुधबार, मंसिर ८ २०७८०५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend