काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम नगर्ने २२ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ। बुधबार एक सूचना प्रकाशित गर्दै कार्यालयले स्पष्टीकरण पेश गर्न भनेको हो।
कार्यालयले पहिलो चरणमा ३० दिनभित्र २२ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण पेश गर्न भनेको थियो।
तर उक्त अवधिमा कुनै निर्माण कम्पनीले स्पष्टीकरण पेश नगरेकाले पुनः ७ दिने सूचना जारी गरेको हो।
उक्त अवधिमा पनि कुनै जवाफ नआए सार्वजनिक खरिद नियमावलीअनुसार कारबाही हुने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।