मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

नौ करोड ६२ लाख लागतमा आँधीमुहानमा बन्यो पुल, चार जिल्लालाई सहज

images
मंगलबार, कात्तिक २१ २०८०
images
images
नौ करोड ६२ लाख लागतमा आँधीमुहानमा बन्यो पुल, चार जिल्लालाई सहज

हाल पुल निर्माण सकिएर सर्वसाधारणका लागि खुल्ला गरिएको छ। पुल बनेपछि स्थानीयलाई सहज भएको छ।

images
images

गल्याङ- कालीगण्डकी लोकमार्गअन्तर्गत आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ।

images
images
images

स्याङ्जाका पश्चिम, पर्वतका दक्षिण, गुल्मी र बाग्लुङ जिल्लाका पूर्वी भागका नागरिकलाई गल्याङ, पाल्पा, बुटवल, नारायणगढ, दाङ र भारतसमेत जान सबैभन्दा छोटो मानिएको बिहादी-सेतीवेणी-मिर्मी सडक खण्डअन्तर्गत आँधीमुहानमा पुल बनेपछि सहज भएको हो।

images

यहाँका स्थानीयहरु उच्चस्तरको स्वास्थ्य सेवा लिन, व्यापारीका लागि मालसमान ढुवानी गर्न सेतीवेणी-मिर्मी सडक खण्डमा पर्ने खबरको वनको पैदलमार्ग प्रयोग गर्दै आएका थिए। निकै पुरानो मानिएको सेतीवेणी बजार, पुर्तीघाट बजार, बागलुङको छिस्दीलगायत व्यापारीले दुई दशकअघिसम्म भरिया लगाएर खबरको वनको बाटो मालसामान ढुवानी गर्ने गरेको पाइन्छ।

images
images
images

कालीगण्डकी लोकमार्गअन्तर्गत गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका जोड्ने सेतीवेणी-मिर्मी सडक खण्ड १० किलोमिटर दुरीमा अवस्थित छ। यही सडक खण्डलाई जोड्ने गरी रायमाझी/राजेश्वरी/पिटिआर अधिकारी जेभीले आँधीखोलामा ट्रस ब्रिज निर्माण गरेको इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिए। उनले हाल पुल निर्माण सकिएर सर्वसाधारणका लागि खुल्ला गरिएको बताए। आचार्यका अनुसार पुल नौ करोड ६२ लाख ७९ हजार ९३ ठेक्का सम्झौता भएको थियो।

अहिले स्याङजा-पर्वत खण्डको सडक निर्माणले तीव्रता पाएको छ। स्याङजा-पर्वतको ५३ किलोमिटरमध्ये सेतीवेणी-मिर्मी सडकको काम महादेव खिम्ती/आन्जना/पराजुली जेभी लम्जुङले निर्माण जिम्मा लिएर अगाडि बढाएको छ। 'निर्माण कम्पनीले सडक चौडा, नाली निर्माण, तेवा पर्खाल र कालोपत्र गर्ने गरी २०७७ साल भदौ १२ गते सझौता गरेको थियो', इन्जिनियर आचार्यले भने, 'साढे दुई वर्षमा सक्ने गरी १ करोड ९८ लाख छ हजार एक सय ९० ठेक्का सम्झौता भएको थियो।'

विष्फोट गरेर बाटो निर्माण गर्नुपरेकाले काममा ढिलाइ भएको र एक वर्ष समय थपेर काम अगाडि बढाएको आचार्यको भनाइ छ। मिर्मी सेतीबेनी सडककै तीन किलोमिटर सडक निर्माण काष्ठमण्डप/कली/मनकामना जेभीले आठ करोड ८६ लाख ८७ हजार सात सय ७१ रूपैयाँमा ठेक्का सम्झौता गरेको उनले बताए।

आँधीमुहानका स्थानीय टीकाराम कुँवरले खबरको वनमा मोटरबाटो नहुँदा र आँधीखोलामा पुल नहुँदा स्याङ्जा, पर्वत, गुल्मी र बाग्लुङका लाखौँ जनताले भिरको साँघुरो र अफ्ठ्यारो बाटोेमा वर्षौं जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए। 'पुल नहुँदा धेरै समय खर्चेर लामो बाटो प्रयोग गर्न यहाँका नागरिक बाध्य थिए,' उनले भने, 'पुल निर्माणपछि अकालमै ज्यान जाने समस्या टेरेको छ, धेरैको पैसा र समय बचत भएको छ।'

सेतीवेणीका व्यापारी शोभाखर तिवारीले आँधीखोलामा पुल निर्माणपछि दक्षिणी पर्वतका नागरिकको सपना पूरा भएको बताए उनले पुल निर्माणले बर्खाको समयमा बिरामी बोकेर हिँड्न, पाल्पा, बुटवल, नारायणगढ जान सहज बनाएको बताए। रासस


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८०११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend