मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

नगरकोटमा पर्यटकीय गतिविधि बढाउन तीनदिने सडक महोत्सव

images
मंगलबार, कात्तिक २१ २०८०
images
images
नगरकोटमा पर्यटकीय गतिविधि बढाउन तीनदिने सडक महोत्सव

महोत्सवको अवधिभर यहाँका ठूला तथा साना होटलले बसाइमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ।

images
images

भक्तपुर- भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिने भएको छ।

images
images
images

नगरकोट नाल्दुम पर्यटन विकास समितिले नगरकोटमा आयोजना गर्न लागेको महोत्सवको तयारी पूरा भएको समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिए। उनले नगरकोटलाई आन्तरिक तथा बाह्य पर्यटनको मुख्य केन्द्र बनाउन, पर्यटकको सङ्ख्या बढाउन र रैथाने वस्तुका उत्पादनकर्तालाई लाभान्वित गर्न महोत्सवको आयोजना गर्न लागेको बताए।

images

यहाँका होटल तथा रेस्टुरेन्ट व्यवसायी र स्थानीय रैथाने उत्पादकको संलग्नतामा हुने महोत्सवमा स्थानीय किसान र साना व्यवसायीसँगै होटल तथा रेस्टुरेन्टका लागि २५ वटा कक्ष बुक भएको उनले बताए। महोत्सवमा आउने पर्यटकले स्थानीय रैनाथे खानाको स्वादसँगै राष्ट्रिय एवं स्थानीय कलाकारको विभिन्न प्रस्तुतिसमेतको सांस्कृतिक कार्यक्रम हुने उनको भनाइ छ।

images
images
images

महोत्सवमा चंगा चेट प्रतियोगिता समेत हुने भएको छ। नगरकोट बसपार्क नजिकैको नगरकोट चोकमा हुने महोत्सवको अवधिभर यहाँका ठूला तथा साना होटलले बसाइमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ। अध्यक्ष गुरुङले केही होटलले आन्तरिक रुपमा त्यसभन्दा बढी पनि छुट दिनसक्ने बताए।

चाँगुनारायण नगरपालिका-६ नगरकोटका वडाध्यक्ष एवं समितिका उपाध्यक्ष धनबहादुर तामाङले नगरकोटमा दिगो पर्यटन विकास गरी स्थानीय कला, संस्कृतिलाई पर्यटनसँग जोडेर यहाँको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउन महोत्सव सफल हुने बताए।

उनले चाँगुनारायण नगरपालिकाले २०८२ साललाई पर्यटन वर्ष मनाउने नीति अघि सारेको र त्यसका लागि नगरपालिकाले यसवर्ष पर्यटन पूर्वाधारको विकासका लागि  एक करोड रूपैयाँ बजेट विनियोजन गरेको बताए।

समितिका अध्यक्ष गुरुङका अनुसार नगरकोटमा एकदेखि चार स्टारसम्मको ८२ वटा होटल तथा रिसोर्ट सञ्चालनमा छन्। चाँगुनारायण, मण्डनदउपुर, बनेपा र शंकरापुर नगरपालिकाले महोत्सवमा सहयोग गर्ने भएका छन्।


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८००८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend