मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

चौधरी फाउन्डेसनले भूकम्पबाट घरविहीन परिवारका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने

images
मंगलबार, कात्तिक २१ २०८०
images
images
चौधरी फाउन्डेसनले भूकम्पबाट घरविहीन परिवारका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने

चौधरी फाउन्डेसनले खाद्यान्न, त्रिपाल, ब्लांकेट र औषधीहरू भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याएको छ। फाउन्डेसनको टिम प्रभावित क्षेत्रमै रहेर तत्काल आवश्यक पर्ने राहत व्यवस्थापन गरिरहेको छ।

images
images

काठमाडौं-  चौधरी फाउन्डेसनले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहत वितरण कार्य जारी राख्दै घरविहीन परिवारका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने भएको छ। 

images
images
images

चौधरी फाउन्डेसनको उच्चस्तरीय टिम जाजरकोट र रुकुम पुगेर भूकम्प प्रभावितका लागि तत्काल अत्यावश्यक राहत सामग्री वितरण गरिरहेको समेत जनाएको छ। फाउन्डेसनले जाजरकोट र रूकुमका विभिन्न बस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरेको हो।

images

चौधरी फाउन्डेसनले खाद्यान्न, त्रिपाल, ब्लांकेट र औषधीहरू भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याएको छ। फाउन्डेसनको टिम प्रभावित क्षेत्रमै रहेर तत्काल आवश्यक पर्ने राहत व्यवस्थापन गरिरहेको छ। राहत वितरण कार्य जारी रहने जनाएको छ।

images
images
images

तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहीन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’हरूको अत्यन्तै खाँचो रहेको समेत जनाएको छ। भत्किएका घरहरू पुनर्निर्माण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’हरू बनाएर घरविहीन भएका भूकम्प प्रभावितहरूलाई ओतमुनि पुर्‍याउनु आवश्यक रहेको चौधरी फाउन्डेसनले जनाएको छ।

यो अवस्थालाई मध्यनजर गर्दै चौधरी फाउन्डेसनले भूकम्प प्रभावितहरूका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय लिएको जनाएको छ। स्थानीय प्रशासन, स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिनेछन्।

यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवश्यक पर्ने वित्तीय सहयोग चौधरी फाउन्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवश्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्नेछन्। यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउन्डेसनको छ।

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीले भूकम्पका कारण जाजरकोट, पश्चिम रूकुम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको जीवन यतिखेर कष्टकर बनेको बताउँदै पीडामा मल्हम लगाउने काममा विलम्ब गर्न नहुने समेत बताएका छन्। चौधरी फाउन्डेसनले तत्काल राहतका कार्यक्रमलाई जारी राख्दै भूकम्पले घरविहीनका लागि चिसोबाट जोगाउन छानोमुनि फर्काउने कामलाई पनि तीव्रता दिने निर्णय लिएको चौधरीले बताए। यस जिम्मेवारी वहनका लागि फाउन्डेसनको टिम प्रभावित क्षेत्रमा पुगेर काम सुरु गरिसकेको बताउँदै उनले मानवीय सेवाको यस्तो कार्यमा सबैले हातेमालो गर्न र सहकार्य गर्न आह्वान समेत गरेका छन्।

उनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने सहमति भइसकेको समेत बताए। गत कात्तिक २१ गते बिहान चौधरी फाउन्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प वादीबीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको समेत चौधरीले जानकारी दिए। उक्त सहमतिपछि मेयर वादीले भूकम्पबाट घर भत्किएका परिवारलाई जतिसक्यो छिटो ओतमा पुर्‍याउने काममा चौधरी फाउन्डेसनलाई सहयोग गर्न लागेको जानकारी दिए।

चौधरी फाउन्डेसनले गोर्खा केन्द्रबिन्दु रहेको २०७२ सालको महाभूकम्पबाट प्रभावितहरूका लागि करिब तीन हजार ‘ट्रान्जिसनल होम’ निर्माण गरी हस्तान्तरण गरेको थियो। साथै, सिन्धुपाल्चोकको गिरानचौरका भूकम्प पीडित ६२ परिवारका लागि पक्की घर निर्माण गरी हस्तान्तरण गरेको थियो।


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८००७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend