आइतबार, जेठ ६ गते २०८१    
images
images

मन्दीका बीच आठौँ रियल स्टेट एक्स्पो आयोजना हुने, एक लाख अवलोकनकर्ता हुने दावी

images
मंगलबार, कात्तिक २१ २०८०
images
images
मन्दीका बीच आठौँ रियल स्टेट एक्स्पो आयोजना हुने, एक लाख अवलोकनकर्ता हुने दावी

एक्स्पोमा ६० भन्दा बढी स्टल रहने छन्। आकारअनुसार स्टलको भाडा तोकिएको छ। संघले स्टलको बुकिङ खुलाइसकेको छ। एक्स्पोमा १२ देखि १५ वटा रियल इस्टेट कम्पनीले स्टल राख्‍नेछन्। 

images
images

काठमाडौं- आठौँ रियल स्टेट एक्स्पो २०२३ सञ्चालन आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा यही पुस १२ देखि १५ गतेसम्म भृकुटीमण्डपमा एक्स्पो हुने जनाइएको हो।

images
images
images

घरजग्गा बजारमा देखिएको चरम संकटबीच रियल स्टेट एक्स्पो गर्न लागिएको हो। कोरोना महामारीपछि काठमाडौंमा पहिलोपटक घरजग्गासम्बन्धी वृहत् मेला हुन लागेको संघले जनाएको छ।

images

एक्स्पोमा ६० भन्दा बढी स्टल रहने छन्। आकारअनुसार स्टलको भाडा तोकिएको छ। संघले स्टलको बुकिङ खुलाइसकेको छ। एक्स्पोमा १२ देखि १५ वटा रियल स्टेट कम्पनीले स्टल राख्‍नेछन्। 

images
images

घरजग्गा बजार र घर खरिदकर्ता लक्षित एक्स्पोमा व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण सामाग्री, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमा कम्पनीहरूसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकहरु समेतको सहभागिता हुने आयोजकले जनाएको छ।

images
images

एक्स्पोमा रियल स्टेट व्यवसायको वर्तमान स्थिति, यसका चुनौती र न्यूनीकरणका उपायहरुमा छलफल हुने र यो क्षेत्रको भविष्यबारे पनि मन्थन हुनेछ।

संघका अनुसार पुसमा हुने एक्सपोमा व्यवस्थापना सिन्थेसिस एण्ड इभेन्ट्स प्रा लीले गर्नेछ। एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

एक्सो रियल स्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबीच एकै स्थलको भेटघाट बिन्दु हुने आयोजकले जनाएको छ। सो एक्सपोमा विकासकर्ताहरूले आफ्ना नयाँ उत्पादनहरू प्रदर्शनमा राख्नेछन्। उपभोक्ताहरूले नेपालको आवास तथा जग्गा विकास सम्बन्धी समग्र पक्षहरुबारे एक्सोबाट जानकारी प्राप्त गर्न सक्नेछन्।

एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश हुनेछन्। साथै, एक्स्पोमा इच्छुक उद्यमीहरुको चाहना बमोजिमका सेवाहरु पनि उपलब्ध गराइनेछ।

एक्स्पोमा उपभोक्ताले आफ्नो छनोट अनुसार उपयुक्त मूल्यमा आवास, जग्गा र अपार्टमेन्ट खरिद गर्न सक्ने अवसर प्राप्त गर्नेछन्। घरजग्गा कारोबारलाई सरल, किफायती, अनुमानयोग्य र व्यवस्थित बनाउन एक्स्पो निकै उपयोगी हुने विश्वास आयोजकको छ।


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८००५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend