काठमाडौं- एनएमबि बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि ५० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्प प्रभावित क्षेत्रका लागि ५० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। भूकम्पले प्रभावित क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने बैंकको विश्वास छ।
गएको शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति गरेको छ।