आइतबार, जेठ ६ गते २०८१    
images
images

गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

images
मंगलबार, कात्तिक २१ २०८०
images
images
गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ- 'औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको समभाव्यता अध्ययन गरिनेछ।’

images
images

काठमाडौं- सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

images
images
images

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गर्नुभएको थियो।

images

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ- 'औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको समभाव्यता अध्ययन गरिनेछ।’

यो कार्यदललाई दुईवटा विषय म्यान्डेट दिइएको छ। गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्नेछ। गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ।

मन्त्री महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो।  

images
images

कार्यदलले काम सुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री महतले निर्देशन दिएका छन्।

images
images


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८००४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend