आइतबार, जेठ ६ गते २०८१    
images
images

पछिल्लो परकम्पका कारण पहिरो जाँदा जाजरकोटको रिम्नामा सडक अवरुद्ध 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २० २०८०
images
images
पछिल्लो परकम्पका कारण पहिरो जाँदा जाजरकोटको रिम्नामा सडक अवरुद्ध 
तस्बिर : पाइला एफएम

भूकम्प प्रभावित क्षेत्रमा पुग्नका लागि आवश्यक पहुँच मार्गका रुपमा रहेको उक्त सडक अवरुद्ध भएको हो। 

images
images

काठमाडौं- जाजरकोट-डोल्पा सडकखण्ड अवरुद्ध भएको छ। भूकम्प प्रभावित क्षेत्रमा पर्ने रिम्नामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। 

images
images
images

भूकम्प प्रभावित क्षेत्रमा पुग्नका लागि आवश्यक पहुँच मार्गका रुपमा रहेको उक्त सडक अवरुद्ध भएको हो। अवरुद्ध सडक खुलाउनका लागि प्रयास भइरहेको छ।

images

गत शुक्रबार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट तथा पश्चिम रुकुममा जनधनको क्षति भएको छ। आजमात्र पनि सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो। 

images
images

आजको परकम्पसँगै रिम्नामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। 

images
images

नेपालगञ्ज तथा जाजरकोट सदरमुकामबाट प्रभावित क्षेत्रमा पुग्नका लागि उक्त सडक भएर जानुपर्छ। 


प्रकाशित : सोमबार, कात्तिक २० २०८०१२:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend