काठमाडौं- विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले भूकम्प पीडितका लागि २१ लाख रूपैयाँ सहयोग गर्ने भएको छ।
कम्पनीले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित क्षेत्रका लागि सहयोगस्वरुप प्रधामन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरेको हो।
शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको ठूलो क्षति भएको छ।