आइतबार, जेठ ६ गते २०८१    
images
images

एनआईसी एसिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग हस्तान्तरण 

images
सोमबार, कात्तिक २० २०८०
images
images
एनआईसी एसिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग हस्तान्तरण 

एनआईसी एसिया बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग गरेको छ।

images
images

काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग हस्तान्तरण गरेको छ।

images
images
images

बैंकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख रूपैयाँ नगद सहयोग प्रदान गरेको हो।

images

उक्त रकम बराबरको चेक सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए। 

images
images

गएको शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो।

images
images


प्रकाशित : सोमबार, कात्तिक २० २०८०१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend