काठमाडौं- सानिमा बैंकले लिमिटेडले जाजरकोट भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ।
खोज, उद्धार र राहतका लागि भूकम्प प्रभावित क्षेत्रमा सहायता पुग्ने गरी बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले २५ लाख रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो।
गएको शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ। दुई जिल्लामा हालसम्म एक सय ५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।