आइतबार, जेठ ६ गते २०८१    
images
images

१६औँ आवधिक योजनाका लागि प्रदेशगत छलफल

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २० २०८०
images
images
१६औँ आवधिक योजनाका लागि प्रदेशगत छलफल

प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रकोसमेत सुझाव सङ्कलन गरेर १६औँ पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ। चालु १५औँ योजना यही आर्थिक वर्षसँगै समाप्त हुँदैछ।

images
images

काठमाडौं- राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना तर्जुमाका लागि छुट्टाछुट्टै टोली बनाएर प्रदेशगत छलफल गर्न सुरु गरेको छ।

images
images
images

आयोगले आज मधेस प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ। आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार छलफलका लागि १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ। 

images

कर्णाली प्रदेशमा भने प्राकृतिक विपत्तिका कारण तत्काललाई कार्यक्रम स्थगित गरिएको छ। सोह्राैँ योजनाको अवधारणापत्र तथा पूर्ण दस्तावेजमाथि छलफल, सुझाव, परिमार्जन र स्वीकृतिका लागि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठका संयोजकत्वमा समिति, सदस्यको संयोजकत्वमा क्षेत्रगत उपसमिति र महाशाखा प्रमुखका संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ।

images
images

प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रकोसमेत सुझाव सङ्कलन गरेर १६औँ पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ। चालु १५औँ योजना यही आर्थिक वर्षसँगै समाप्त हुँदैछ। रासस

images
images


प्रकाशित : सोमबार, कात्तिक २० २०८००७:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend