मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

जलवायु परिवर्तन न्यूनीकरणमा संसारकै ठूला कम्पनी उदासीन, ४ प्रतिशतले मात्र पूरा गरे राष्ट्रसंघीय लक्ष्य 

images
सोमबार, कात्तिक २० २०८०
images
images
जलवायु परिवर्तन न्यूनीकरणमा संसारकै ठूला कम्पनी उदासीन, ४ प्रतिशतले मात्र पूरा गरे राष्ट्रसंघीय लक्ष्य 

अक्सफोर्ड विश्वविद्यालयसमेतको सहभागीतामा गरिएको अध्ययनमा ४ प्रतिशतलेमात्र लक्ष्य भेटाउनेगरि काम गरेको बताइएको छ। 

images
images

काठमाडौं- जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरी बढ्दो तापक्रम रोक्नका लागि राष्ट्र संघले व्यावसायिक फर्महरूका लागि निर्धारणको लक्ष्यमा कम्पनीहरू उदासीन देखिएका छन्। 

images
images
images

राष्ट्रसंघीय पहलमा देशहरू तथा कम्पनीका लागि कार्बन जिरोको अवधारणा ल्याएको छ। निश्चित अवधि दिएर उत्पादन प्रणालीलाई नेट जिरोको लक्ष्य दिइएको छ। यस्तोमा संघले यो शताब्दीको मध्यसम्म नेट जिरोको लक्ष्य ठूला कम्पनीलाई तोकिएको थियो। 

images

संसारकै ठूला दुई हजार कम्पनीका लागि यस्तो कर्पोरेट लक्ष्य निर्धारण गरिएको थियो। यसमध्ये आधाजति यसमा सहभागी भएका छन्। आधाभन्दा बढी आम्दानी गर्ने यस्ता कम्पनीमाथि गरिएको ट्र्याकिङले उनीहरू उदासीन भएको पाइएको छ। 

images
images
images

अक्सफोर्ड विश्वविद्यालयसमेतको सहभागितामा गरिएको अध्ययनमा ४ प्रतिशतले मात्र लक्ष्य भेटाउनेगरि काम गरेको बताइएको छ। 

संसारभरको बजारबाट आम्दानी गर्ने र उनीहरूकै उत्पादनका कारणले कार्बन उत्सर्जन धेरै भइरहेको छ। त्यसैले यस्ता उत्पादकलाई पनि जिम्मेवार बनाउने राष्ट्रसंघीय पहल रहेको छ। 

 


प्रकाशित : सोमबार, कात्तिक २० २०८००५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend