आइतबार, वैशाख २३ गते २०८१    
images
images

निर्माण व्यवसायीले भुक्तानी नपाउँदा ६ महिनादेखि सडकको काम ठप्प

images
images
images
निर्माण व्यवसायीले भुक्तानी नपाउँदा ६ महिनादेखि सडकको काम ठप्प

निर्माण कम्पनीले सम्झौता अगावै सडक कालोपत्र गर्नेगरी सडक स्तरोन्नतिलाई तीव्रता दिए पनि गत आर्थिक वर्षकै बक्यौता रकम भुक्तानी नहुँदा सडकको काम ठप्प भएको हो।

images
images

बागलुङ- ३० करोडको लागतमा निर्माण गर्न लागिएको सडकको काम पाँच महिनामा ४० प्रतिशत मात्र सम्पन्न भएको छ। सम्झौता अगावै सडक कालोपत्र सक्ने निर्माण व्यवसायीको अडान रहे पनि उक्त सडकको काम ६ महिनादेखि ठप्प छ। 

images
images
images

अधिकांश सडक निर्माण ठेकेदार कम्पनीको ढिलासुस्तीले समयमै नसकिएको सन्दर्भमा यहाँको एक सडक भने सडक डिभिजन कार्यालयले रकम भुक्तानी दिन नसक्दा ६ महिनादेखि ठप्प भएको हो। रकम भुक्तानी नपाउँदा ठेकेदारले काम गर्न सकेका छैनन्।

images

ठेक्काको सम्झौता अवधिभित्रै काम सक्नेगरी थालिएको बागलुङ बजारदेखि सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने सडक निर्माण निर्माण व्यवसायीले तीन करोड रूपैयाँ भुक्तानी नपाउँदा ६ महिनादेखि काम ठप्प भएको हो। ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गतको उक्त सडक निर्माण सुरु भएको पाँच महिनामा ४० प्रतिशत काम सम्पन्न भएको थियो।

images

निर्माण कम्पनीले सम्झौता अगावै सडक कालोपत्र गर्नेगरी सडक स्तरोन्नतिलाई तीव्रता दिए पनि गत आर्थिक वर्षकै बक्यौता रकम भुक्तानी नहुँदा सडकको काम ठप्प भएको हो। सम्झौताभन्दा पहिल्यै सडक कालोपत्र सकिने गरी कामको प्रगति भए पनि भुक्तानी नपाउँदा निर्माण व्यवसायी असारयता काममा फर्कन सकेका छैनन्।

images
images

३२ महिनामा सक्ने काम डेढ वर्षमै सम्पन्न गर्ने लक्ष्यका साथ असारसम्म धमाधम काम गरेर आधारभूत पूर्वाधार निर्माण गरेपनि अहिले उक्त सडक निर्माण ठप्प छ। पहिरोले क्षति पुर्‍याएको सडकमा मर्मत गर्न डिभिजन सडक कार्यालयले अनुमति नदिएपछि काममा फर्कन नसकिएको निर्माण व्यवसायी कर्ण विल्डर्सका प्रतिनिधि सन्दिप श्रेष्ठले बताए।

'सडक डिभिजन कार्यालय बागलुङले गत आर्थिक वर्षमै काम गरेको बिलको तीन करोड रूपैयाँ भुक्तानी बाँकी छ, अहिले काममा फर्कन चाहेका छौँ तर आन्तरिक मूल्यांकनमा थप पूर्वाधार निर्माण गर्नसमेत नमानी इन्जिनियर सरुवा भएर जानुभयो,' उनले भने।

उक्त सडकको बागलुङ नगरपालिका-३ बोक्सेदेखि वडा कार्यालयसम्मको सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्भर्ट निर्माण गर्ने र सब बेस बिछ्याउने तथा घुम्ती ढलान कार्य सम्पन्न भइसकेको छ।

बागलुङ बजारदेखि सिगानासम्मको सडक कालोपत्रका लागि कर्ण विल्र्डससँग ३० करोड रूपैयाँमा सम्झौता भइ २०७९ कात्तिकदेखि सडक निर्माणको काम सुरु भएको थियो। उक्त सडकको आठ किलोमिटरमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुर्‍याएर कालोपत्र गर्ने स्थानमा ग्राभेल र घुम्ती सडक ढालन भइसकेको छ।

डिभिजन सडक कार्यालयका इन्जिनियर प्रभात तिवारीका अनुसार निर्माण व्यवसायीलाई तीन करोड रूपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेकाले निर्माण व्यवसायीलाई काममा फर्काउन नसकिएको बताए।

बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रका २०७९ कात्तिक पहिलो साताबाट काम थालिएको थियो।

बागलुङ बजारहुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा आठ किलोमिटर सडक कालोपत्र गर्ने सम्झौता छ। उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुबाट आठ किलोमिटर सडक कालोपत्र गर्नेगरी काम थालिएको थियो। रासस

images

प्रकाशित : आइतबार, कात्तिक १९ २०८०१०:२१

प्रतिक्रिया दिनुहोस