काठमाडौं- एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतका लागि कर्णाली प्रदेश सरकारलाई तत्काल ५० लाख रूपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको भूकम्पका पीडितको राहत र उद्धारका लागि एनसेलले तत्काल ५० लाख रूपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
साथै ग्राहकहरूलाई आफ्ना-आफन्तको सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व) मा रहेका ग्राहकहरुलाई ४० लाख रूपैयाँ ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराउने पनि एनसेलले जनाएको छ।
एनसेलका अनुसार यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन्। समयसीमा १५ दिनको रहने छ।