मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

जाजरकोट भूकम्पका घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

images
आइतबार, कात्तिक १९ २०८०
images
images
जाजरकोट भूकम्पका घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

बैठकले भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने गरी तयारी थाल्ने निर्णय गरेको छ।

images
images

काठमाडौं- सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको नि:शुल्क उपचार गराउने निर्णय गरेको छ। 

images
images
images

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌को आकस्मिक बैठकले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचार सबै अस्पतालमा नि:शुल्क गराउने निर्णय गरेको हो।

images

बैठकले भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने गरी तयारी थाल्ने निर्णय गरेको छ। बैठकले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्ने निर्णय पनि गरेको छ। 

images
images
images

उपचारको पहिलो केन्द्र नेपालगञ्ज र दोस्रो सुर्खेत बनाइएको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले उद्धारको काम प्रभावकारीरूपमा भएको निष्कर्ष निकालेको छ। अब राहत वितरणमा जोड  दिने समेत सरकारले निर्णय गरेको छ।

सहयोगका लागि सरकारले विभिन्न दातृ निकाय, अन्तर्राष्ट्रिय संघ-संस्थालाई पनि अपिल समेत गरेको छ। 


प्रकाशित : आइतबार, कात्तिक १९ २०८००५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend