आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

भूकम्प प्रभावित जिल्लामा चौधरी फाउण्डेसनको  खाद्यान्नसहित त्रिपाल र ब्लाङ्केट वितरण सुरू

images
आइतबार, कात्तिक १९ २०८०
images
भूकम्प प्रभावित जिल्लामा चौधरी फाउण्डेसनको  खाद्यान्नसहित त्रिपाल र ब्लाङ्केट वितरण सुरू

भूकम्प प्रभावित जिल्लामा चौधरी फाउण्डेसनको टिम जाजरकोट पुगेर खाद्यान्न सहित त्रिपाल र ब्लाङ्केट वितरण शुरू गरिसकेको छ।

images
images

काठमाडौं- भूकम्प प्रभावित जिल्लामा चौधरी फाउण्डेसनको टिम जाजरकोट पुगेर खाद्यान्न सहित त्रिपाल र ब्लाङ्केट वितरण शुरू गरिसकेको छ। आज देखि  खाद्यान्न सहित त्रिपाल, ब्लाङ्केट लगायतका सामाग्री भूकम्प प्रभावितहरूसमक्ष पुर्याउने तयारी रहेको चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले जानकारी दिए।

images
images
images

‘कर्णालीको भूकम्पका बारेमा आज मैले जाजरकोटका सिडियोसँग छलफल गरेँ। उहाँलेृ तत्काल खाद्यान्न, त्रिपाल र ब्लाङ्केट खाँचो रहेको जानकारी दिनुभएको छ,’ चौधरीले भने। 

images
images

चौधरी फाउण्डेसनको टिम जाजरकोट पुगेर खाद्यान्न वितरण शुरू गरिसकेको समेत चौधरीले जानकारी दिए। आज खाद्यान्न, त्रिपाल, ब्लाङ्केट लगायतका सामाग्री भूकम्प प्रभावितहरूसमक्ष पुर्याउने तयारी रहेको समेत उनले जानकारी दिए। स्थानीय प्रशासनसँग समन्वय गर्दै हाम्रो टिमले भूकम्प प्रभावित महानुभावलाई प्रभावकारी रुपमा राहत उपलब्ध गराउने समेत उनले बताए।

images
images

शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर  ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा ती दुई जिल्ला शोकमा डुबेको छ। एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ। 

यता सरकारले पनि एकद्धार प्रणाली मार्फत राहतलाई व्यवस्थित बनाउने निर्णय गरेको छ।

 


प्रकाशित : आइतबार, कात्तिक १९ २०८००५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend