मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

भूकम्प अपडेट : जाजरकोट भूकम्पमा अहिलेसम्म ३५ सय भन्दा बढी घरमा क्षतिको प्रारम्भिक अनुमान

images
शनिबार, कात्तिक १८ २०८०
images
images
भूकम्प अपडेट : जाजरकोट भूकम्पमा अहिलेसम्म ३५ सय भन्दा बढी घरमा क्षतिको  प्रारम्भिक अनुमान

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा ३ हजार भन्दा बढी घरहरु ध्वस्त भएको प्रारम्भिक अनुमान गरिएको छ। पछिल्लो विवरण अनुसार हालसम्म १५७ जनाको मृत्यु र २१० जना घाइते भएको प्रहरीले जनाएको छ। 

images
images

काठमाडौं- जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा ३ हजार भन्दा बढी घरहरु ध्वस्त भएको प्रारम्भिक अनुमान गरिएको छ। पछिल्लो विवरण अनुसार हालसम्म १५७ जनाको मृत्यु र २१० जना घाइते भएको प्रहरीले जनाएको छ। 

images
images
images

भूकम्पमा परी गम्भीर घाइते भएकाहरूको उपचार काठमाडौंको त्रिवि शिक्षण अस्पताल र नेपालगञ्जको भेरी अस्पतालमा जारी छ। सामान्य घाइतेहरूको स्थानीय अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। केही घाइतेहरू उपचारपश्चात डिस्चार्ज समेत भइसकेका छन्।

images

अहिलेसम्म ३ साढे  हजारभन्दा बढी घरहरूमा भूकम्पले क्षति पुर्‍याएको आँकलन रहेको छ।  रूकुम पश्चिममा मात्रै २ हजारदेखि २५ सय घरहरूमा क्षति पुगेको आकलन गरिएको छ।

images
images
images

रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानोभेरी गाउँपालिका र मुसिकोट गाउँपालिकामा भूकम्पले क्षति पुर्‍याएको छ।

क्षतिको यकिन विवरण शंकलन भोलिदेखि सुरु हुनेछ।  जाजरकोटमा १ हजार भन्दा बढी घरहरूमा क्षति पुगेको आकलन गरिएको छ।  केन्द्रबिन्दु रहेको बारेकोटमा मानवीय क्षति भने नभएको उनले बताए। भूकम्ममा परी नलगाड नगरपालिकामा सबैभन्दा बढी ५५ ‍जनाको मृत्यु भएको छ।

त्यस्तै भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ। छेडागाड नगरपालिकामा १ जना र कुशे गाउँपालिकामा ७ जना गरी १०५ जनाको मृत्यु भएको छ।

 प्रभावित क्षेत्रहरूमा तत्कालका लागि त्रिपाल, म्याट, लत्ता कपडा, खाद्यान्न र पकाउने भाँडा पठाइएको छ प्रदेश सरकार र सहयोगी संघसंस्थाहरूले प्रदान गरेका राहत सामग्री पठाइएको र भोलिदेखि विस्तृत रूपमा क्षति संकलन गरिने छ।

 


प्रकाशित : शनिबार, कात्तिक १८ २०८०१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend