आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

जाजरकोट भूकम्प पीडितलाई बुद्ध एयरकाे १ कराेड सहयोग

images
शनिबार, कात्तिक १८ २०८०
images
जाजरकोट भूकम्प पीडितलाई बुद्ध एयरकाे १ कराेड सहयोग

बुद्ध एयरले शनिबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रूपैयाँ सहयोग दिने निर्णय गरेको हो।

images
images

काठमाडौं- बुद्ध एयरले जाजरकोट भूकम्प पीडितका लागि एक करोड रूपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। 

images
images
images

बुद्ध एयरले शनिबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रूपैयाँ सहयोग दिने निर्णय गरेको हो। साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि प्रतिबद्ध रहेको बुद्ध एयरले जनाएको छ।

images
images

गएराति जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भइ गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ। भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुगेको छ।

images
images

भूकम्पबाट जाजरकोटमा ८१, रुकुम पश्चिममा ७२, जुम्ला र दैलेखमा तीन/तीन तथा सल्यानमा एक जना घाइते भएका छन्। उनीहरुको जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र बाँकेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

तीनै तहका सरकारले उद्धार तथा राहतको कार्य जारी राखेका छन्।


प्रकाशित : शनिबार, कात्तिक १८ २०८०१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend