मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

भूकम्प पीडितका लागि राहत घोषणा गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

images
शनिबार, कात्तिक १८ २०८०
images
images
भूकम्प पीडितका लागि राहत घोषणा गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

गए राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आइतबारका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। 

images
images
images

प्रधानमन्त्री दाहालले जाजरकोट र रूकुमपश्चिममा भएको क्षति तथा भूकम्प प्रभावितको राहत तथा उद्धारबारे छलफल गर्न आइतबार लागि मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन्।

images

आज सबै मन्त्रीहरू राहत तथा उद्धारमा केन्द्रित भएका कारण भोलि बिहान ८ बजे बस्नेगरी बैठक बोलाइएको हो।

images
images
images

प्रधानमन्त्री प्रचण्ड अहिले भूकम्प प्रभावित क्षेत्रमा छन्। शनिबार बिहान हेलिकप्टर चढेर प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्री दाहाल नियमित उडानबाट फर्कँदैछन्। आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर उनी नियमित उडानबाट काठमाडौं फर्कन लागेका हुन्।

गए राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ। अहिलेसम्म १३६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। स्थानीय, प्रदेश र केन्द्र सरकार राहत एवं उद्धारमा खटिएका छन्।


प्रकाशित : शनिबार, कात्तिक १८ २०८००८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend