मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

सरकारले जाजरकोट र रुकुम पश्चिममा तत्काल ५/५ करोड रुपैयाँ पठाउने

images
शनिबार, कात्तिक १८ २०८०
images
images
सरकारले जाजरकोट र रुकुम पश्चिममा तत्काल ५/५ करोड रुपैयाँ पठाउने

गएराति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।

images
images

काठमाडौं- सरकारले भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। 

images
images
images

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले भूकम्प प्रभावितको खोज/उद्धार र राहत व्यवस्थापनका लागि दुवै जिल्लामा तत्काल  ५/५ करोड रूपैयाँ पठाउने निर्णय गरेको हो।

images

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुनेछ।

images
images
images

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ३३ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन्।

भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ। घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार ३३ घाइतेको जिल्ला अस्पताल जाजरकोट र रुकुम पश्चिमबाट हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ।

गए राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।


प्रकाशित : शनिबार, कात्तिक १८ २०८००७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend