मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

जाजरकोट भूकम्प : रुकुम पश्चिमका दुई पालिका बढी प्रभावित

images
शनिबार, कात्तिक १८ २०८०
images
images
जाजरकोट भूकम्प : रुकुम पश्चिमका दुई पालिका बढी प्रभावित

आठविसकोट नगरपालिकामा १८ र सानीभेरी गाउँपालिकामा ९ गरी २७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। मानवीयसँगै ठूलो मात्रामा भौतिक क्षति पनि भएको छ।

images
images

रुकुम- गए राति जाजारकोट केन्द्रविन्दु बनाइ गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण रुकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ। जाजरकोटसँग नजिक रहेका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको आठविसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए।

images
images
images

'आठविसकोट नगरपालिकामा १८ र सानीभेरी गाउँपालिकामा ९ गरी २७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ', प्रमुख केसीले भने, 'मानवीयसँगै ठूलो मात्रामा भौतिक क्षति पनि भएको छ।' उनका अनुसार भूकम्पले रुकुम पश्चिमका आठविसकोट नगरपालिका वडा नं १४ र सानीभेरी गाउँपालिका वडा नं ४ मा धेरै क्षति पुर्‍याएको छ।

images

भूकम्पमा परी घाइतेहरुको उद्धार तथा उपचारको काम भइरहेको छ भने मानवीय र भौतिक क्षतिको विवरण पनि संकलन भइरहेको छ। भूकम्प राति गएका कारण सडक अवरुद्ध हुँदा घाइतेलाई अस्पताल पुर्‍याउन निकै समस्या भएको आठविसकोट नगरपालिका वडा नं १४ का वडा अध्यक्ष हुकम पुनले बताए। 'हाम्रो वडामा धेर क्षति भएको छ। रातिदेखिनै उद्धार जारी राखेका छौँ। केहीको मृत्यु भएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल पनि पठाएका छौँ', उनले भने, 'रातिमा सबै सुतिरहेको अवस्थामा भूकम्प आएका कारण मानवीय क्षति बढी भएको हो।'

images
images
images

उनका अनुसार आठविसकोट नगरपालिकामा १८ जनाको मृत्यु र १८ जना घाइते भएका छन्। हाल थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक धर्मेन्द्र खड्काले बताए। उनका अनुसार सानीभेरी गाउँपालिकामा हालसम्म नौ जनाको मृत्यु भएको पुष्टि भएको छ।

घाइतेहरुको जिल्ला अस्पताल सल्ले, चौरजहारी मिसन अस्पताल र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। भूकम्पका कारण अवरुद्ध सडक पनि खुलेको र उद्धारमा सहज बनाइएको प्रहरीको भनाइ छ। उनका अनुसार जिल्ला अस्पताल सल्लेबाट हाल १० जनालाई नेपालगञ्ज रिफर गरिएको छ। उनीहरुलाई नेपाल एयरलाइन्सको विमानमार्फत नेपालगञ्ज पठाइएको हो। साथै आठविसकोट नगर अस्पतालमा उपचाररत तीन जना घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ। हाल जिल्ला अस्पताल सल्लेखमा जाजगरकोटबाट पनि घाइते ल्याउने क्रम जारी छ।

जिल्लाको चौरजहारी र मुसीकोट नगरपालिका, त्रिवेणी र बाफिकोट गाउँपालिकाका केही घरमा क्षती भए पुगेको छ। सानीभेरी गाउँपालिका वडा नं ४ का डिल्ली परियारले भूकम्पका कारण घरहरु भत्केका र चिरा परेको कारण मनमा डर कायमै रहेको बताए। 'म सुत्ने तरखरमा थिए। एक्कासी घर हल्लिएपछि बाहिर निस्केँ। घरका भित्ताहरु भत्किसकेका थिए। मेरो बुवालाई चोट लाग्यो र बुबालाई तत्काल सानीभेरी गाउँपालिका अस्पताल छोटेबगर पुर्‍याएँ। हामी कसरी बाँचियो थाहै छैन', उनले भने। रासस


प्रकाशित : शनिबार, कात्तिक १८ २०८००७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend