आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प पीडितलाई एक करोड रुपैयाँ उपलब्ध गराउने

images
शनिबार, कात्तिक १८ २०८०
images
सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प पीडितलाई  एक करोड रुपैयाँ उपलब्ध गराउने

शनिबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

images
images

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प पीडितलाई राहत दिन एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।

images
images
images

शनिबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

images
images

जनधनको क्षतिको बारेमा आकस्मिक बैठक बसी तत्काल एक करोड रकम कर्णाली प्रदेश सरकारमार्फत दिइने निर्णय भएको हो। प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली सुदूरपश्चिमबाट पठाउने निर्णय पनि भएको हो। 

images
images


स्वास्थ सामाग्रीसहित स्वास्थ्यकर्मीको टोली शनिबार नै प्रभावित ठाउँका लागि जाने छ। शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो। भूकम्पमा परी अहिलेसम्म १३३ जनाको मृत्यु भएको छ।


प्रकाशित : शनिबार, कात्तिक १८ २०८००६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend