सोमबार, असार ३० गते २०८२    
सोमबार, असार ३० २०८२
images
images

कांग्रेसद्वारा भूकम्प प्रभावितलाई ५० लाख सहयोग

images
शनिबार, कात्तिक १८ २०८०
images
images
कांग्रेसद्वारा भूकम्प प्रभावितलाई ५० लाख सहयोग

शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन्।

images
images

काठमाडौं- नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई ५० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

images
images

साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

images
images

शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन्।

images
images
images

कांग्रेसले उक्त घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै यस्तो समयमा सरकार, राजनैतिक दल, संघ-संस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरेको छ। रासस


प्रकाशित : शनिबार, कात्तिक १८ २०८००५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend