काठमाडौं- कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति गराएको छ।
स्थानीय पत्रकारहरूले दिएको जानकारी अनुसार ठाउँठाउँमा घर भत्किएर मान्छेहरू पुरिएको अवस्था रहेको छ। सुतिरहेको समयमा भूकम्प जाँदा धेरैतिर क्षति भएको हुनसक्ने तर त्यसको विवरण संकलनमा समस्या भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जानकारी दिएको छ।
अहिलेसम्म रुकुम पश्चिममा एकै परिवारका ६ सहित १० जनाको ज्यान गएको छ भने जाजरकोटमा तीनजनाको ज्यान गएको पुष्टि भएको छ।
त्यसबाहेक स्थानीय स्वास्थ्यकेन्द्र तथा अस्पतालहरू घाइतेले भरिन थालेका छन्।