बिहीबार , फागुन २९ गते २०८१    
बिहीबार , फागुन २९ २०८१
images
images

पश्चिम नेपालमा भूकम्पको धक्का, पश्चिम रुकुम र जाजरकोट धेरै प्रभावित

images
शुक्रबार, कात्तिक १७ २०८०
images
images
पश्चिम नेपालमा भूकम्पको धक्का, पश्चिम रुकुम र जाजरकोट धेरै प्रभावित

घर गोठमा बाँधेर राखिएका पशु चौपाया पनि मरेको हुनसक्ने आशंका गरिएको छ तर यसको विवरण अहिलेसम्म आइसकेको छैन। 

images
images

काठमाडौं- कर्णाली प्रदेशका जाजरकोट र पश्चिम रुकममा शक्तिशाली भूकम्पको धक्का गएको छ। 

images
images

राति ११:४८ को समयमा ६.४ म्याग्निच्युडको भूकम्प गएको विभिन्न मापण पोर्टलले उल्लेख गरेका छन्। कर्णाली प्रदेशको जाजरकोटमै केन्द्रबिन्दु भएर भूकम्प गएको हो। 

images
images

भूकम्पले गर्दा पश्चिम रुकुमको आठविसकोट नगरपालिकाको राडी बजार, जाजरकोटको खलंगामा क्षति पुर्‍याएको छ। घरहरू भत्किएका छन् भने केही मान्छेहरू घाइते भएका छन्। 

images
images

398108149_826379156166099_464724148141201533_n.jpg

घर गोठमा बाँधेर राखिएका पशु चौपाया पनि मरेको हुनसक्ने आशंका गरिएको छ तर यसको विवरण अहिलेसम्म आइसकेको छैन। 

मानवीय क्षतिका विषयमा विवरण नआएपनि ठाउँ ठाउँमा घाइते भएको खबर आएका छन्। जाजरकोटका विभिन्न स्थानमा सुख्खा पहिरो पनि गएको छ। 

भूकम्पले गर्दा भारतको नयाँ दिल्लीदेखि तीब्बतसम्म हल्लाएको छ। काठमाडौंमा पनि धक्का महसुस भएको थियो। 


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८०१९:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend