मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

वीरगञ्ज महानगरले तीन महिनामा उठायो १६ करोड २६ लाख राजस्व

images
शुक्रबार, कात्तिक १७ २०८०
images
images
वीरगञ्ज महानगरले तीन महिनामा उठायो १६ करोड २६ लाख राजस्व

वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सम्पत्ति करबाट सात करोड ४३ लाख ८२ हजार ४७, घरबहाल करबाट एक करोड ७२ लाख २४ हजार एक सय १७ रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images

वीरगञ्ज- मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा १६ करोड २६ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। सो अवधिमा विभिन्न २१ शीर्षकमा १६ करोड २६ लाख ३६ हजार चार सय ३७ रूपैयाँ राजस्व संकलन गरिएको हो।

images
images
images

महानगरपालिकाको राजस्व शाखाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सम्पत्ति करबाट सात करोड ४३ लाख ८२ हजार ४७, घरबहाल करबाट एक करोड ७२ लाख २४ हजार एक सय १७, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट एक करोड आठ लाख २६ हजार दुई सय ३०, सरकारी सम्पत्ति बहालबाट एक करोड २७ लाख ९६ लाख दुई सय चार, अन्य सेवा शुल्कबाट एक करोड २७ लाख सात हजार दुई सय ७८, नक्सा पास दस्तुरबाट एक करोड चार लाख ४४ हजार छ सय १२, अखेटोपहारमा लाग्ने करबाट ६१ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

images

यस्तै सिफारिस दस्तुरबाट ७२ लाख २६ हजार पाँच सय ४१, साना सवारी साधन करबाट १० लाख ९९ हजार तीन सय ५०, भूमिकर/मालपोतबाट ३८ लाख ३२ हजार चार सय ७८, बहाल बिटौरी करबाट आठ लाख १२ हजार र प्रशासनिक दण्ड जरिवानाबापत २३ लाख २३ हजार ८३ रूपैयाँ राजस्व संकलन भएको राजस्व शाखाप्रमुख मनोजकुमार कर्णले बताए।

images
images
images

यसैगरी व्यक्तिगत घटना दर्ताबाट नौ लाख ३८ हजार तीन सय छ, नाता प्रमाणित दस्तुरबाट सात लाख ७४ हजार सात सय ८०, सिफारिस दस्तुरबाट ७२ लाख २६ हजार पाँच सय ४१ रूपैयाँ राजस्व संकलन भएको राजस्व शाखाप्रमुख कर्णले बताए।

गत आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तुलनामा करिब तीन करोडभन्दा बढी राजस्व संकलन भएको हो। महानगरले गत आर्थिक वर्षको साउनदेखि असोजसम्म विभिन्न शीर्षकमा १३ करोड ४४ लाख एक सय ८१ रूपैयाँ राजस्व संकलन गरेको थियो।  

आर्थिक वर्ष २०७८/७९ सम्म घरजग्गा रजिष्ट्रेसन शुल्क महानगरपालिकाले उठाउँदै आएकामा गत आर्थिक वर्षबाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहको सरकारमा राजस्व संकलन हुन थालेको छ।

चालु आर्थिक वर्षमा महानगरपालिकाले सम्पत्ति करको दर घटाए पनि दायरा बढेको, लामो समयपछि जग्गाको कित्ताकाट खुल्ला गरिएको नक्सापास र जग्गा कारोबार सुरु भएकाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व संकलन बढेको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend