सोमबार, वैशाख २४ गते २०८१    
images
images

आर्थिक गतिविधि संकुचित हुँदा वाणिज्य बैंकहरुको खराब कर्जा बढ्यो, घट्यो नाफा

images
images
images
आर्थिक गतिविधि संकुचित हुँदा वाणिज्य बैंकहरुको खराब कर्जा बढ्यो, घट्यो नाफा

गत वर्षको पहिलो क्वाटरको तुलनामा सानिमा बैंको नाफा ६ करोडले घटेर ४८ करोडमा सीमित भएको छ। सिटिजन्स इन्टरनेशनल बैंकको पनि गत वर्षको तुलनामा नाफा १० करोड रुपैयाँले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस अवधिमा बैंकले ५० करोड रुपैयाँ खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४० करोडमा खुम्चिएको छ।

images
images

काठमाडौं- बैंकहरुको खराब कर्जा बढेपछि नाफामा घटेको छ। खराब कर्जा बढेकाले बैंकहरुले लोन लस प्रोभिजनिङका लागि इम्प्रियरमेन्ट चार्जमा बढी खर्च बुक गर्दा बैंकहरुको खुद नाफा घटेको हो। बैंकहरुको नाफा घटेसँगै सरकारलाई प्राप्त हुने आयकर पनि घटेको छ।

images
images
images

हालसम्म सार्वजनिक भएका वाणिज्य बैंकहरुको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकमध्ये ८ वाणिज्य बैंकले मात्रै सामान्यरुपमा नाफा बढाएका छन्। १२ वाणिज्य बैंक नाफामा गिरावट देखिएको छ।

images

सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ३३ प्रतिशतले नाफा बढाउँदै पहिलो त्रैमासमा सर्वाधिक नाफा कमाउन सफल भएको छ। बैंकको खराब कर्जा बढेपनि मर्जर तथा एक्विजिसनको लाभ उठाउँदै अन्य बैंकको तुलनामा बढी नाफा गर्न सफल भएको हो। यस अवधिमा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेको छ।

images

दोस्रो स्थानमा रहेको नबिल बैंकले १ अर्ब ४७ करोड रुपैयाँ खुद आम्दानी गरेको छ। यस्तै, ग्लोबल आईएमई बैंकले पनि खराब कर्जाका कारण १ अर्ब २२ करोड रुपैयाँ मात्रै पहिलो त्रैमासमा नाफा गर्न सफल भएको छ।

images
images

यस अवधिमा प्रभु बैंकको नाफा पनि उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७० करोड रुपैयाँ नाफा गरेको बैंकले यस अवधिमा १ अर्ब ३ करोड रुपैयाँ नाफा गरेको छ। प्राइम बैंकको नाफामा पनि उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८७ करोड रुपैयाँ खुद नाफा गरेको यस बैंकले यस अवधिमा १ अर्ब १५ करोड रुपैयाँ नाफा गरेको छ।  हिमालयन बैंकले पहिलो क्वाटरमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा ५३ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको यस बैंकको नाफा करिब ९८ प्रतिशतले बढेको छ।

गत वर्षको असोज महिनासम्ममा ४५ करोड नाफा गरेको माछापुच्छ्रे बैंकले यस पटक ९ करोडले नाफा बढाउँदै ५४ करोड रुपैयाँ कमाएको छ। गत वर्षको पहिलो त्रैमासको तुलनामा स्टाण्डर्ड चार्टर्ड बैंकको खुद नाफा १ करोड रुपैयाँले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८१ करोड नाफा गरेको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ८२ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एसिया बैंकको नाफा भने करिब ४३ प्रतिशतले घटेर १ अर्ब १ करोडमा सीमित भएको छ। गत आर्थिक वर्षको तुलनामा यस बैंकको नाफा ७४ करोडले घटेको छ। बैंकको ब्याज आम्दानीको तुलनामा ब्याज खर्च बढेको, खराब कर्जा बढ्दा लोन लस प्रोभिजनिङ बढेकाले बैंकको नाफा गत वर्षको पहिलो त्रैमासको तुलनामा घटेको हो।

गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा गरेको नबिल बैंकले चालु आर्थिक वर्षको यसै अवधिमा १ अर्ब ४६ करोड मात्रै नाफा गरेको छ। यस बैंकको पनि खराब कर्जा बढेकाले लोन लस प्रोभिजनिङ बढ्दा नाफा ६.५ प्रतिशतले घटेको हो। यस्तै सरकारी बैंकहरुको नाफामा उल्लेख्यरुपमा गिरावट आएको छ।

पहिलो त्रैमासमा कृषि विकास बैंक ८८ करोड रुपैयाँले घाटामा देखिएको छ। यस्तै नेपाल बैंक लिमिटेड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड मात्रै नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा बैंकले ६० करोड रुपैयाँ नाफा कमाएको थियो। पहिलो क्वाटरमा सिद्धार्थ बैंकको नाफा गत वर्षको तुलनामा ७ करोडले घटेर ४२ करोड रुपैयाँमा सीमित भएको छ।

गत वर्षको पहिलो क्वाटरको तुलनामा सानिमा बैंको नाफा ६ करोडले घटेर ४८ करोडमा सीमित भएको छ। सिटिजन्स इन्टरनेशनल बैंकको पनि गत वर्षको तुलनामा नाफा १० करोड रुपैयाँले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस अवधिमा बैंकले ५० करोड रुपैयाँ खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४० करोडमा खुम्चिएको छ।

यस्तै एभरेष्ट बैंकको नाफा गत वर्षको पहिलो त्रैमासको तुलनामा ८ करोडले घटेर ७८ करोडमा सीमित भएको छ। नेपाल एसबीआई बैंकको गत वर्षको तुलनामा खुद नाफा १५ करोडले घटेर ४७ करोड कायम भएको छ। गत आर्थक वर्षको पहिलो त्रैमासमा १ अर्ब नाफा कमाउन सफल भएको कुमारी बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ करोडमा सीमित भएको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले १५ अर्ब २३ करोड खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको पहिलो क्वाटरमा १३ अर्ब ९० करोडमा समिति भएको छ। जुन गत आर्थिक वर्षको तुलनामा १ अर्ब ३३ करोड अर्थात करिब ९ प्रतिशतले कम हो।

यस्तै, लक्ष्मी सनराइज बैंकको नाफा करिब ७९ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष ५० करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको यस बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० करोड खुद आम्दानी गरेको छ।

images

प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००४:०३

प्रतिक्रिया दिनुहोस