मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

नेपाली सेना र सशस्त्र प्रहरीमा भर्ना खुल्यो

images
शुक्रबार, कात्तिक १७ २०८०
images
images
नेपाली सेना र सशस्त्र प्रहरीमा भर्ना खुल्यो

दुई सुरक्षा निकायले खाली पदमा जनशक्ति पूर्तिका लागि भन्दै भर्ना खुलाएका हुन्। सशस्त्र प्रहरी बलमा प्राविधिक समूहमा भर्ना खुलाएको छ। 

images
images

काठमाडौं- नेपाली सेना र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ। 

images
images
images

दुई सुरक्षा निकायले खाली पदमा जनशक्ति पूर्तिका लागि भन्दै भर्ना खुलाएका हुन्। सशस्त्र प्रहरी बलमा प्राविधिक समूहमा भर्ना खुलाएको छ। 

images

प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी प्राविधिक तर्फ ३५ जना, इन्जिनियरिङ उपसमूहमा प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकमा जम्मा १६ जना, भौतिक पूर्वाधार निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियरिङ, सर्भे, स्यानेटरी र सिभिलतर्फ ८ जना, अटोमोबाइल, भेटेरिनरी, हातहतियार, एमबीबीएस मेडिकल अफिसर, अस्पताल व्यवस्थापन अधिकृत, स्टाफ नर्स, फिजियोथेरापी, फार्मेसी असिस्टेन्ट, ल्याब असिस्टेन्ट, सीएमए र एएनएममा सशस्त्रले भर्ना खुलाएको छ। 

images
images
images

दरखास्त दिने म्याद मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म छ । प्रहरी निरीक्षक वा सोसरहको पदका लागि २० वर्ष पूरा भई ३२ वर्ष ननाघेको, प्रहरी नायब निरीक्षक पदका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र प्रहरी सहायक निरीक्षकका लागि १८ वर्ष पूरा भई २८ वर्ष ननाघेको हुनुपर्ने योग्यता रहेको छ। 

त्यस्तै नेपाली सेनाले पनि अधिकृत क्याडेड पदमा २२९ जनाका लागि भर्ना खुलाएको छ। विभिन्न कोटामा यो भर्ना खुलेको हो। यसका लागि मंसिर १६ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ। 


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend