सोमबार, वैशाख २४ गते २०८१    
images
images

'वन्ली फर नेपाल' लेखिएका आयातित वस्तुको गुणस्तरमा प्रश्न, निगरानी बढाउँदै सरकार

images
images
images
'वन्ली फर नेपाल' लेखिएका आयातित वस्तुको गुणस्तरमा प्रश्न, निगरानी बढाउँदै सरकार

एउटै कम्पनीले उत्पादन गरेको उत्पादन नेपाल पठाउने, सम्बन्धित देशमा बिक्री गर्ने र अरु देशमा पठाउने वस्तुबीचको तुलना गर्दा नेपाल आउने वस्तु सबैभन्दा कमसल रहेको विभागले पाएको छ। 

images
images

काठमाडौं- नेपालकै लागि भनेर भारत तथा तेस्रो मुलुकबाट आयात हुने खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठेको छ।

images
images
images

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार्डपर्व लक्षित गरेको बजार अनुगमनमा विदेशबाट आयातित 'वन्ली फर नेपाल' लेबलिङ गरिएका वस्तुको गुणस्तर समस्या रहेको निचोड निकालेको छ। 

images

'वन्ली फर नेपाल' प्रोडक्टको गुणस्तर लापरबाही भएको भन्दै विभागले त्यस्ता वस्तुको पहिचान सुरू गरेको छ। विभागले पहिचानसँगै ल्याब परीक्षणका लागि अन्तिम तयारी गरेको छ।

images

एउटै कम्पनीले उत्पादन गरेको उत्पादन नेपाल पठाउने, सम्बन्धित देशमा बिक्री गर्ने र अरु देशमा पठाउने वस्तुबीचको तुलना गर्दा नेपाल आउने वस्तु सबैभन्दा कमसल रहेको विभागले पाएको छ। 

images
images

प्रारम्भिक अनुसन्धानबाट यस्तो केस धेरै वस्तुमा देखिएको त्यो पनि नेपालकै लागि भनेर पठाइएको वस्तुमा यस्तो पाइएको विभागले जानकारी दिएको छ। 

तर यसको थप अनुसन्धान भने बाँकी रहेको छ। विभागसँग आफ्नै प्रयोगशाला नहुँदा ढिला भइरहेको छ। विभागले यसका लागि तीन प्रकारका नमुना संकलन गर्ने छ। कुनै पनि भारतीय कम्पनीले उत्पादन गरेको वस्तु भारतमा बिक्री हुने, अरु देशमा गएको र नेपाल आएको तीन थरीका नमुना लिनेछ। त्यसको प्रयोगशाला परीक्षण हुनेछ। 

नेपाली बजारबाट यस्ता नमुना संकलन गरिसकेको विभागले विदेशबाट पनि ल्याउने तयारी गरेको छ। 

नेपाल प्रवेश गर्ने नाका नै वस्तुको गुणस्तर परीक्षण हुने पर्ने भएपनि नभएको र भएकाहरुको हकमा पनि शंका उत्पन्न भएको विभाग स्रोतको दाबी छ। 

'गुणस्तरहीन तथा ‍मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने वस्तुको आयात तथा व्यापार रोक्नु आवश्यक छ। सरकार अब उपभोक्ताको जनस्वास्थ्यमा खेलबाड हुने गरी वस्तु आयात रोक्न तत्पर हुनुपर्छ। यसका लागि सबैतिरबाट साथ र सहयोग चाहिन्छ। 'वन्ली फर नेपाल' प्रोडक्टको गुणस्तरको विषयमा ल्याब परीक्षणका लागि अन्तिम तयारी भइरहेको सत्य हो,' विभागका महानिर्देशक तीर्थराज चिलुवालले भने।

विभागले 'वन्ली फर नेपाल' प्रोडक्टको पहिचान गरिसकेको र अब नमुना संकलन गरेर ल्याब परीक्षण गर्न लागेको उनले स्वीकार गरे। गुणस्तरहीन तथा मानवस्वास्थ्यमा खेलबाड हुने गरी खाद्य वस्तु ब्रिक्री गर्ने थलो  नेपाल हैन, उत्पादक कम्पनीले नेपाल पठाएको वस्तुसँगै अन्य देशमा पठाएको वस्तु र उसले आफ्नै देशका बिक्री गरिरहेको वस्तुको नमुना संकलन गरेर ल्याप परीक्षण गर्ने उनको भनाइ छ। यो परीक्षणबाट केही न केही तथ्य अवश्य उजागर हुने उनको तर्क छ।

नेपालको खुकुलो मापण्ड र कमजोर परिपालनाको फाइदा उठाउँदै आयातकर्ता र उत्पादकहरूले कमसल र सी ग्रेडको उत्पादन ल्याइरहेको हुनसक्ने विभागले आशंका गरेको छ। 'नेपाललाई जंक फुडको पनि डम्पिङ बनाउन खोजिएको हुनसक्छ। तर अबको ल्याब परीक्षणबाट यसको पर्दाफास हुनेछ', विभागले स्रोतले भन्यो। 

images

प्रकाशित : बुधबार, कात्तिक १५ २०८००५:५३

प्रतिक्रिया दिनुहोस