बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

बढ्यो आयात, निर्यात अझै ऋणात्मक 

images
आइतबार, कात्तिक १२ २०८०
images
images
बढ्यो आयात, निर्यात अझै ऋणात्मक 

आयात बढ्ने तथा निर्यात घट्ने हुँदा व्यापार घटा २ प्रतिशतले विस्तार भएको छ। 

images
images

काठमाडौं-  सरकारले गरेको कडाइ तथा न्यून आर्थिक गतिविधिका कारणले घटेको वैदेशिक व्यापार बढ्न थालेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु वर्षको तीन महिनाको तथ्यांक अनुसार वैदेशिक व्यापार १.३१ प्रतिशतले बढेको छ। 

images
images
images

त्यस्तै आयात पनि बढेको छ। दशै तथा तिहार जस्ता प्रमुख चाडपर्वको मुखमा आयात वृद्धि भएको हो। विभागका अनुसार साउनदेखि भदौस्ममको अवधिमा आयात १.६९ प्रतिशतले बढेको छ। 

images

तीन महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको आयात भएको छ। गत वर्षको यही अवधिमा आयात ४ खर्ब रुपैयाँको भएको थियो। 

images
images
images

तर निर्यात भने यो अवधिमा घटेको छ। विभागका अनुसार चालु वर्षको तीन महिनामा ४० अर्ब ८७ करोड रुपैयाँको निर्यात भएको छ। गत वर्षको यही अवधिमा निर्यात ४१ अर्बको भएको थियो। 

आयात बढ्ने तथा निर्यात घट्ने हुँदा व्यापार घटा २ प्रतिशतले विस्तार भएको छ। 


प्रकाशित : आइतबार, कात्तिक १२ २०८००७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend