बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

पर्यटन प्रवर्द्धन गर्न मेची-महाकाली साइकल यात्रा

images
शनिबार, कात्तिक ११ २०८०
images
images
पर्यटन प्रवर्द्धन गर्न मेची-महाकाली साइकल यात्रा

पूर्वी नाका काँकडभिट्टाबाट आज बिहान ८ बजे सुरु भएको सो यात्रा दश दिनमा महाकाली पुगेर समापन हुनेछ।

images
images

झापा- पर्यटन प्रवर्द्धनको उद्देश्यसहित मकवानपुरका १३ जना साइकल यात्रीले आज बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची-महाकाली यात्रा सुरु गरेका छन्।

images
images
images

मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर यात्रीलाई बिदाइ गरे।

images

मकवानपुरको हिमालयन राइडर्स सोसाइटीको आयोजनामा भएको साइकल यात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायीको सहभागिता रहेको छ।

images
images
images

सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको धारणा राख्दै पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रुपमा मेची-महाकाली साइकल यात्राको आयोजना गरिएको बताए।

यात्राका क्रममा मुलुकका प्रमुख पर्यटकीयस्थलको अवलोकन र प्रचारप्रसार गरिने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले बताए। काँकडभिट्टाबाट झापाको पश्चिमी सिमाना दमकसम्म स्थानीय दुई जना साइकलयात्रीले साथ दिने उनको भनाइ छ।

पूर्वी नाका काँकडभिट्टाबाट आज बिहान ८ बजे सुरु भएको सो यात्रा आज सुनसरीको इटहरी पुग्ने र दश दिनमा महाकाली पुगेर समापन हुने नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, कात्तिक ११ २०८००८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend