काठमाडौं- दसैंपछिको पहिलो दिन सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ। तोलामा ५ सय रुपैयाँ बढेसँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।
दसैँपछिको पहिलो कारोबार दिन शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको छ।
दसैँअघिको अन्तिम कारोबार दिन कात्तिक ३ गते छापावाल सुन प्रतितोला मूल्य १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। दसैँपछि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले महँगिएर नयाँ रेकर्ड कायम भएको हो।
शुक्रबारका लागि तेजावी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ।
यता चाँदीको मूल्य भने स्थिर रहेको छ। दसैँअघिको अन्तिम कारोबार दिन कात्तिक गते चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रूपैयाँ थियो। शुक्रबारका लागि पनि सोही मूल्यमा चाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।