बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

उपभोक्तालाई थप सहुलियत दिन खाद्यले घटायो खसी बोकाको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ३ २०८०
images
images
उपभोक्तालाई थप सहुलियत दिन खाद्यले घटायो खसी बोकाको मूल्य

पशुचौपायाको खरिदबिक्रीमा उपभोक्ताको उल्लेख्य सहभागिता नदेखिएको र लामो समयसम्म खसीबोका तथा च्याङ्ग्रा पाल्दा खर्च बढ्ने भएकाले मूल्य घटाएर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ। 

images
images

काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ। कम्पनीले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको हो। कम्पनीले आजदेखि जीउँदो खसीबोका प्रतिकिलो ६ सय ५० तथा च्याङ्ग्रा प्रतिकिलो १ हजार २ सय २५ रुपैयाँमा बिक्री गर्न थालेको छ। 

images
images
images

खाद्यले यसअघि जीउँदो खसीबोका प्रतिकिलो १० छुट दिएर ६ सय ७० तथा च्याङ्ग्रा १ हजार २ सय ५० मा बिक्री गर्दै आएको थियो। पशुचौपायाको खरिदबिक्रीमा उपभोक्ताको उल्लेख्य सहभागिता नदेखिएको र लामो समयसम्म खसीबोका तथा च्याङ्ग्रा पाल्दा खर्च बढ्ने भएकाले मूल्य घटाएर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ। 

images

उपभोक्तालाई थप सहुलियत दिने उद्देश्यले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाइएको कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन्। खाद्यले गत असोज ३० गतेदेखि थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ। 

images
images
images

खाद्यले मकवानपुर, दाङ र कैलालीबाट एक हजार छ सय ५८ खसीबोका तथा रसुवाबाट पाँच सय ५४ च्याङ्ग्रा खरिद गरेर ल्याएको थियो। हालसम्म छ सय ३० वटा मात्रै खसीबोका तथा च्याङ्ग्रा बिक्री भएको कम्पनीले जनाएको छ। 

अझै एक हजार पाँच सय ८२ खसीबोका बिक्री हुन बाँकी छ। फुलपाती र अष्टमीमा खसीबोका तथा च्याङ्ग्राको बिक्री हुने गर्छ। काठमाडौँ उपत्यकामा उपभोक्तालाई सहुलियत मूल्यमा स्वस्थ खसीबोका तथा च्याङ्ग्रा उपलब्ध गराई मासुजन्य पदार्थको मूल्य स्थिरीकरण गर्ने उद्देशयले कम्पनीले खसीबोका बिक्री गर्दै आइरहेको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक ३ २०८००८:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend