आइतबार, वैशाख २३ गते २०८१    
images
images

अन्ततः टोयोटाले पनि टेस्लाकै ‘एनएसीएस’ चार्जिङ स्ट्यान्डर्ड अवलम्बन गर्ने

images
images
images
अन्ततः टोयोटाले पनि टेस्लाकै ‘एनएसीएस’ चार्जिङ स्ट्यान्डर्ड अवलम्बन गर्ने

सम्झौताअनुसार टोयोटा तथा लेक्ससका केही ब्याट्रीमा आधारित विद्युतीय सवारीले एनएसीएसमा चार्ज गर्न पाउने छन्।

images
images

काठमाडौं- विश्वको सबैभन्दा धेरै कार बिक्रेता कम्पनी टोयोटा मोटरले समेत टेस्लाकै चार्जिङ स्ट्यान्डर्ड अवलम्बन गर्ने भएको छ। बिहीबार टेस्ला र टोयोटाबीच चार्जिङ टेक्नोलोजी साझेदारी गर्ने सम्झौता भएको हो। 

images
images
images

उक्त सम्झौताअनुसार टेस्लाको चार्जिङ प्रविधि टोयोटाले २०२५ देखि प्रयोग गर्ने छ। यसअघि आधादर्जनभन्दा धेरै कम्पनीले टेस्लाको चार्जिङ प्रविधिमा जान सहमत भइसकेका छन्। 

images

फोर्ड मोटर, जनरल मोटर्स तथा निसानले यसअघि नै टेस्लाको नर्थ अमेरिकन चार्जिङ स्ट्यान्डर्ड (एनएसीएस)मा जाने सम्झौता गरिसकेका छन्। विश्वकै धनी एलन मस्कको कम्पनी टेस्लाले विद्युतीय कार बजारमा नयाँ आयाम थपिरहेको छ। 

images

टेस्लाले कम्बाइन्ड चार्जिङ सिस्टम (सीसीएस)लाई प्रतिस्पर्धीका रुपमा एनएसीएसको विकास गरेको हो। टेस्ला यो सिस्टमलाई उत्तर अमेरिकामात्र नभइ संसारभर फैलाउन चाहन्छ। पुराना भेट्रान सवारी उत्पादकलाई उत्तर अमेरिकामा आफ्नो नेटवर्कमा ल्याउन सफल टेस्ला उनीहरुकै माध्यमबाट त्यसलाईे विश्वव्यापी बनाउन चाहन्छ। 

images
images

toyota tesla charger.PNG

सम्झौताअनुसार टोयोटा तथा लेक्ससका केही ब्याट्रीमा आधारित विद्युतीय सवारीले एनएसीएसमा चार्ज गर्न पाउने छन्। टोयोटोको केन्टकीमा रहेको प्लान्टमा एसेम्बन हुने नयाँ एसयूभीसमेत एनएसीएसमा चार्ज हुनेछन्। 

सीसीएसयुक्त पोर्ट भएका टोयोटा र लेक्ससका सवारी प्रयोगकर्ताले २०२५ सम्ममा एनएसीएस एडप्टर उपलब्ध गराउने छ। टेस्लाको एनएसीएस अमेरिकामा व्यापक रुपमा उपलब्ध हुने थालिसकेको छ जसलाई अमेरिकी उर्जा विभागले समेत सहयोग गरेको छ। 

सीसीएसलाई जर्मन कार उत्पादक कम्पनी फक्सवागनले प्राथमिकता दिइरहेको छ। तर फक्सवागन स्वयम् पनि उत्तर अमेरिकामा टेस्लाकै एनएसीएसमा जान सहमत भइसकेको छ।

टेस्लाको एनएसीएसमा जान दक्षिण कोरियाली कार उत्पादन हुन्र्डा, जर्मन कार उत्पादन मर्सिडिज, अउडीलगायत पनि सहमत भइसकेका छन्। टेस्लाले टेस्ला सुपरचार्जर नाममा चार्जिङ पूर्वाधार विकासमा उल्लेख्य उपलब्धी हासिल गरिसकेको छ। यसलाई थप परिस्क्रित बनाउन लागि परेको कम्प्नीले जनाएको छ।

टेस्लाका विद्युतीका कार नेपाली बजारमा समेत उपलब्ध छन्। अरेटी इन्टरनेसनलले नेपाली बजारमा टेस्लाका मोडल वाइ तथा मोडल थ्री विद्युतीय कार उपलब्ध गराइरहेको छ। कम्पनीले कार बिक्रीसँगै त्यसका लागि आवश्यक सेवा तथा सिर्भस दिइरहेको छ।  

images

प्रकाशित : शुक्रबार, कात्तिक ३ २०८००५:५१

प्रतिक्रिया दिनुहोस