सोमबार, वैशाख २४ गते २०८१    
images
images

एनआरएनए अध्यक्षमा बद्री केसी निर्वाचित

images
images
images
एनआरएनए अध्यक्षमा बद्री केसी निर्वाचित

केसीले १३७८ मत ल्याएका थिए। शर्माले १२८१ र ‍ श्रेष्ठले १२२५ मत ल्याएका थिए। 

images
images

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा  बद्री केसी विजयी भएका छन्। बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भए।

images
images
images

केसीले १३७८ मत ल्याएका थिए। शर्माले १२८१ र ‍ श्रेष्ठले १२२५ मत ल्याएका थिए। 

images

मतदानका क्रममा विवादित भएको थियो। नेपालबाट मतदान गरेका उपाध्यक्षका उम्मेद्वारको एक मत पनि नआएपछि धाँदली भएको आरोप लागेको छ। 

images

छ जना उपाध्यक्षमा डा. हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिमखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र डा. विनोद श्रेष्ठ निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा रोजिना प्रधान, युवा उपाध्यक्षमा रोसन थापाले विजयी भएका छन्। 

images
images

संघको महासचिवमा गौरीराज जोशी निर्वाचित भएका छन्। उपमहासचिवमा सोम सापकोटा र प्रविन गुरुङ  विजयी भएका छन्। 

सचिवमा भिम केसी कमल, डा. ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणी पोखरेल र स्वतन्त्र प्रताप शाह विजयी भएका छन्। महिला सचिवमा टिक गुरुङ, कोषाध्यक्षमा सुदन थापा विजयी भएका छन्। 

सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना, अभिमन्यू बस्नेत  र तिलक प्रसाद गैरे विजयी भएका छन् भने महिला सहकोषाध्यक्षमा अमृत थापा विजयी भएका छन्। 

अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान विजयी भएकी छन्। 

images

प्रकाशित : शुक्रबार, कात्तिक ३ २०८००४:१३

प्रतिक्रिया दिनुहोस