सोमबार, वैशाख २४ गते २०८१    
images
images

सीजी ब्रुअरीले मजदूरलाई भन्यो - असहमति शान्तिपूर्ण रुपमा अगाडि सारियोस्, अभद्र र अराजक व्यवहार सैह्य हुँदैन

images
बिजनेस न्युज
images
images
सीजी ब्रुअरीले मजदूरलाई भन्यो - असहमति शान्तिपूर्ण रुपमा अगाडि सारियोस्, अभद्र र अराजक व्यवहार सैह्य हुँदैन

'कम्पनीले आफ्ना मजदूर/कर्मचारीको रोजगारीमा असर नपरोस् भनेर कठीन अवस्थामा पनि व्यवस्थापन गर्दै आएको छ तर कम्पनी नोक्सानमा रहेको अवस्थामा पनि बोनसको माग गर्दै व्यवस्थापनका अधिकारीमाथि निर्मम रुपमा कुटपिटमा उत्रिनु अत्यन्तै अशोभनीय छ।'

images
images

काठमाडौं- सीजी ब्रुअरीमा मजदूरले बोनसको विषयलाई लिएर गरिरहेको आन्दोलनमा व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्नुका साथै अभद्र व्यवहार भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको ब्रुअरी व्यवस्थापनले जनाएको छ। 

images
images
images

देशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको, बजार शिथिल बनेको र कम्पनीहरू न्यून क्षमतामा सञ्चालन भइ अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा ब्रुअरीमा कार्यरत मजदूरहरूले अनाधिकृत माग अगाडि गर्दै व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि निन्दनीय रहेको ब्रुअरीले जनाएको छ। साथै गैरकानूनी क्रियाकलापको समाधान कानूनबमोजिम हुने कुरामा कम्पनी स्पष्ट रहेको जनाएको छ।

images

सीजी ब्रुअरीले आफ्ना मजदूर/कर्मचारीका लागि उत्कृष्ट सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले सोही कारण विगतमा समग्र औद्योगिक सम्बन्ध बिग्रिएको अवस्थामा समेत सीजी इन्डष्ट्रियल पार्कमा व्यवस्थापन र मजदूरबीचको सौहाद्रपूर्ण वातावरण देशकै उदाहरणका रुपमा लिने गरिएको बताएको छ। 

images

सीजी ब्रुअरीका अनुसार देशको आर्थिक अवस्था सहज रहेको समयमा आफ्ना मजदूर/कर्मचारीलाई विगत वर्षहरूमा छ महिनासम्मको बोनस वितरण गरेको थियो तर अहिले अर्थतन्त्र मन्दीबाट गुज्रिरहेका कारण त्यसको गम्भीर नकारात्मक असर परेकोले समस्या भएको छ।

images
images

सीजी ब्रुअरीका अनुसार अघिल्लो वर्षको तुलनामा उत्पादनको बिक्रीमा २५ प्रतिशतले ह्रास आएको छ।

'यस्तो अवस्थामा कम्पनीले आफ्ना मजदूर/कर्मचारीको रोजगारीमा असर नपरोस् भनेर कठीन अवस्थामा पनि व्यवस्थापन गर्दै आएको छ तर कम्पनी नोक्सानमा रहेको अवस्थामा पनि बोनसको माग गर्दै व्यवस्थापनका अधिकारीमाथि निर्मम रुपमा कुटपिटमा उत्रिनु अत्यन्तै अशोभनीय छ। आफ्ना असहमतिहरूलाई शान्तिपूर्ण वार्ताको माध्यमद्वारा अगाडि सारिनुपर्नेमा व्यवस्थापनमा रहेका अधिकारीहरूमाथि कुटपिट गर्ने, ढुंगामुडा गर्ने, कार्यालयहरू तोडफोड गर्नेलगायतका अराजक गतिविधिहरू सैह्य नहुने ब्यहोरा स्पष्ट रुपमा जानकारी गराइन्छ' विज्ञप्तीमार्फत ब्रुअरीले भनेको छ।

यस्तो परिस्थितीप्रति गम्भीर बन्न, औद्योगिक सम्बन्धलाई सुमधुर कायम राख्न, उश्रृंखल गतिविधिहरूलाई कानूनी दायरामा ल्याउन र कठीन परिस्थितीमा पनि उत्पादनलाई निरन्तरता दिएर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याइरहेका उद्यमीहरूको मनस्थितिलाई थप कमजोर हुनबाट जोगाउनका लागि सम्बन्धित निकाय गम्भीर बन्न जरुरी रहेको ब्रुअरीले जनाएको छ। 

'हतोत्साहित बनिसकेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने र अन्ततः उद्यमीहरू पलायन हुनसक्ने अवस्थाप्रति सजग रहन सम्बद्धहरूको ध्यानाकर्षण गराउन चाहन्छौँ' विज्ञप्तीमा भनिएको छ।

images

प्रकाशित : बिहीबार , कात्तिक २ २०८००९:५४
प्रतिक्रिया दिनुहोस