आइतबार, वैशाख २३ गते २०८१    
images
images

सीमापारि भिडभाड, वारि सुनसान

images
images
images
सीमापारि भिडभाड, वारि सुनसान

नेपाली बजारभन्दा भारतीय बजारमा प्रत्येक समानको मूल्य १० देखि २० रूपैयाँसम्म सस्तो हुने भएकाले खरिद गर्न सीमापारी जाने गरेका छन्।

images
images

वीरगञ्ज- विजयादशमी सुरु भएसँगै यतिबेला सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको भिड बढ्न थालेको छ भने वीरगञ्ज बजारमा भने खासै भिड देखिएको छैन्।

images
images
images

नेपाली बजारभन्दा भारतीय बजारमा पूजापाठ, खाद्यान्नलागयतका दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले जिल्लाका विभिन्न ठाउँबाट स्थानीयवासीले दसैँका अवसरमा उपभोग्य सामग्री खरिद गर्न भारतीय बजार रक्सौलतर्फ आकर्षित हुने थालेका हुन्।

images

ठूलो संख्यामा नेपाली अहिले दिनहुँजसो समान खरिद गर्न सीमावर्ती भारतीय बजार रक्सौल आउन थालेपछि यहाँ भिड बढ्न गएको रक्सौलका व्यापारी बताउँछन्। नेपाली बजारभन्दा भारतीय बजारमा सस्तो दरमा समान पाउने तथा त्यहाँका व्यापारीले नेपाली ग्राहकसँग मृदु व्यवहार गर्ने गरेकाले नेपाली उपभोक्ता दसैँलगायत विभिन्न चाडपर्वमा समान खरिद गर्न सीमापारी भारतीय बजार आउने गरेको रक्सौलमा समान खरिद गरिरहेका नेपाली उपभोक्ता सन्तोषकुमार साहले बताए।

images

नेपाली बजारभन्दा भारतीय बजारमा प्रत्येक समानको मूल्य १० रूपैयाँदेखि २० रूपैयाँसम्म सस्तो हुने भएकाले खरिद गर्न सीमापारी जान्ने गरेको उनको भनाइ छ। भारतीय सीमा सुरक्षा बल (एसएसवी) का जवानहरुले दसैँका अवसरमा दैनिक उपभोग्य समान खरिद गरी लैजाने नेपालीहरुलाई अहिले सहज गरेकाले अहिले अरु दिनको तुलनमा भिड बढ्न गएको छ।

images
images

नेपाली ग्राहकले भारतबाट दाल, चिनी, खानेतेल, मसला, चामललगायतका समान खरिद गरी लैजाने गरेको भारतीय व्यापारी रामकुमार अग्रवालको भनाइ छ।

टेक्सटाइल चेम्बर अफ कमर्स रक्सौलका अध्यक्ष अरुणकुमार गुप्ताले भारतको रक्सौलमा रहेको कपडा व्यापारीले कपडा खरिद गर्दा नेपाली रुपैयाँको बट्टा नकाट्ने भएकाले महिलाको कपडा पसलमा बढी भिड लाग्ने गरेको बताए। दसैँ जस्तो समयमा पनि मालसामान खरिद गर्न धेरैजसो ग्राहक सीमावर्ती भारतीय बजार जान्ने गरेकाले नेपाली बजारमा रौनक हराउँदै गएको छ। रासस

images

प्रकाशित : बिहीबार , कात्तिक २ २०८००७:४६

प्रतिक्रिया दिनुहोस