आइतबार, वैशाख २३ गते २०८१    
images
images

बढ्न सकेन घरजग्गा कारोबार, असोजमा ३९ हजार घरजग्गा खरिद बिक्री

images
images
images
बढ्न सकेन घरजग्गा कारोबार, असोजमा ३९ हजार घरजग्गा खरिद बिक्री

विभागका अनुसार असोज महिनामा ४७ हजार ३८९ वटा जग्गा कित्ताकाट भइ १ लाख ६ हजार ३४९ कित्ता कायम भएको छ।

images
images

काठमाडौं- कित्ताकाट खोलेपनि घरजग्गा कारोबार भने असोजमा पनि अपेक्षाकृत बढ्न सकेन। साउनमा भन्दा भदौमा घरजग्गा कारोबार घटेको भएपनि असोजमा केही सुधार देखिएको छ। तर यो अपेक्षाभन्दा निकै कम भएको व्यवसायीको बुझाइ छ।

images
images
images

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार असोज महिनामा देशभरका मालपोत कार्यालयबाट ३९ हजार ७ सय ९३ वटा घरजग्गा किनबेच भएको छ। गएको भदौमा भने ३५ हजार ६८६ वटा घरजग्गा किनबेच भएको थियो।

images

विभागका अनुसार असोज महिनामा ४७ हजार ३८९ वटा जग्गा कित्ताकाट भइ १ लाख ६ हजार ३४९ कित्ता कायम भएको छ।

images

गत साउनमा ३५ हजार घरजग्गा किनबेच हुँदा साढे ३ अर्ब राजस्व संकलन गरेको थियो। असोज महिनामा कारोबारमा सुधार आउँदा ४ अर्ब ४३ करोड ५४ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ।

images
images

सरकारले गत साउन ३० गते कित्ताकाट पुरानै अवस्थामा खोल्ने निर्णय गरेको थियो। सरकारले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेपनि हालसम्म कार्यान्वयनमा नआएपछि कित्ताकाट खुलाउन पुनः अर्को निर्णय गरिएको छ। 

वर्षौँदेखि अव्यवस्थित जग्गाको नीतिलाई व्यवस्थित गर्न डेढ वर्षअगाडि लिइएको नीतिलाई पुनः भत्काउने गरी सरकारले निर्णय गरेको थियो। कित्ताकाट खुलेसँगै घरजग्गा कारोबार बढ्ने अनुमान विपरीत कारोबार घटेको छ। 

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा किनबेच ३९ हजार २ सय ६३  भएको थियो। असारको तुलनामा साउनमा लिखत पारित ९ हजार ५ सय ८ ले घटेको थियो। 

images

प्रकाशित : बुधबार, कात्तिक १ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस