आइतबार, वैशाख २३ गते २०८१    
images
images

सञ्चालनमा आयो साढे चार लाख लागतको सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा संकलन केन्द्र

images
images
images
सञ्चालनमा आयो साढे चार लाख लागतको सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा संकलन केन्द्र

किसानका उत्पादित वस्तुको सहजरूपमा बजारीकरण होस् भन्ने उद्देश्यले महानगरपालिकाले विभिन्न ३५ वटा कृषिजन्य वस्तुको समर्थन मूल्य तोकिसकेको मेयर धनराज आचार्यले जानकारी दिए।

images
images

गण्डकी- सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-२२ स्थित ठुल्ढुंगामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा संकलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ।

images
images
images

किसानलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै छरिएका कृषिजन्य उत्पादन संकलन गरी त्यसको बजारीकरणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको सहयोगमा चार लाख ७५ हजार रूपैयाँको लागतमा भवन निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको हो।

images

आज उक्त केन्द्रको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उत्पादन वृद्धि गरी कृषिजन्य समग्रीमा आत्मनिर्भर बन्दै जाने लक्ष्यअनुरुप महानगरले कृषि क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको बताए।

images

किसानका उत्पादित वस्तुको सहजरूपमा बजारीकरण होस् भन्ने उद्देश्यले महानगरपालिकाले विभिन्न ३५ वटा कृषिजन्य वस्तुको समर्थन मूल्य तोकिसकेको उनले जानकारी दिए। उत्पादनमा जोड दिन सकिए दुई/तीन वर्षमा तरकारी, मासु र दूधमा आत्मनिर्भर बन्न सकिने बताउँदै महानगर प्रमुख आचार्यले  किसानलाई प्राविधिक सहयोग उपलब्ध गराउने कुरामा महानगर तयार रहेको बताए।

images
images

उत्पादित वस्तुको बजारीकरणका लागि चिस्यान उपकरण जडान सहितको कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको चर्चा गर्दै उनले महानगरभित्र २५ वटा कृषि उपज संकलन तथा बिक्री केन्द्र रहेको बताए। पोखरामा तिहारमा खपथ हुने फूलको आयात कम गर्ने उद्देश्यका साथ महानगरपालिकाले यसवर्ष सयपत्री फूलको बीउ वितरण गरेर दुई सय रोपनी जमिनमा फूल लगाइएको उनले बताए। रासस

वडा नं-२२ का वडाध्यक्ष हिमलाल बरालले वडाभित्र किसानका लागि सिँचाइको सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए। पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरपालिकाले स्थानीय उत्पादन प्रवद्र्धन गर्दै त्यसलाई सहजरुपमा उपभोक्तासम्म पुर्‍याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको बताए।

केन्द्रमार्फत संकलित कृषि उपजलाई बजारमा पुर्‍याउँदा त्यसले उत्पादनको पहिचान कायम गर्दै उपभोक्तालाई गुणस्तरीयताको प्रत्याभूति गराउने उनले बताए। केन्द्रका अध्यक्ष विष्णुप्रसाद पौडेल, उपाध्यक्ष भीमप्रसाद पौडेललगायतले केन्द्र सञ्चालनसँगै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

images

प्रकाशित : बुधबार, कात्तिक १ २०८०११:१५

प्रतिक्रिया दिनुहोस