बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

होटल संघको दसैँ परिकार उत्सवमा पर्यटकहरुको बढ्दो अभिरुचि

images
बुधबार, कात्तिक १ २०८०
images
images
होटल संघको दसैँ परिकार उत्सवमा पर्यटकहरुको बढ्दो अभिरुचि

होटलहरुले दसैँमा खाइने खासगरी थरिथरीका मांसाहारी परिकार पर्यटकहरु माझ आकर्षक छुटका साथ पेस गरेका छन्।

images
images

काठमाडौं- होटल संघ नेपालले सदस्य होटलहरुमार्फत सञ्चालन गरेको दसैँ परिकार उत्सवमा पर्यटकहरुको उत्साहजनक रुचि बढेको छ। सो उत्सव सञ्चालन गरेका होटलहरुले अग्रिम बुकिङ समेत बढेको जनाएका छन्।

images
images
images

उत्सव सञ्चालन गरेका झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेसनल होटल, चितवनको जंगल सफारी लज, पोखराको होटल बाराही र काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घरलगायतका सदस्य होटलहरुमा पर्यटक तथा स्थानीयहरुको राम्रो सहभागिता रहेको र फुलपातीपछि सुरु हुने सार्वजनिक बिदा अवधिमा अग्रिम बुकिङ समेत बढेको संघले विज्ञप्तिमार्फत जनाएको छ।

images

होटलहरुले दसैँमा खाइने खासगरी थरिथरीका मांसाहारी परिकार पर्यटकहरु माझ आकर्षक छुटका साथ पेस गरेका छन्।

images
images
images

घटस्थापनादेखि कात्तिक ११ गते कोजाग्रत पूर्णिमासम्म १५ दिन सञ्चालन हुने सो कार्यक्रमले पर्यटकहरु माझ दसैँ बिदाको रौनक थप्नुका अतिरिक्त रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्य रहेको होटल संघ नेपालले जनाएको छ।

काठमाडौंमा जारी गैरआवासीय नेपालीहरुको विश्व सम्मेलनमा संसारभरबाट आएका सहभागीहरु र विदेशी नियोगहरुमा कार्यरत विदेशीहरु, कर्पोरेट ग्राहकहरु र आन्तरिक पर्यटकहरुको समेत उत्सवमा उल्लेखनीय सहभागिता रहेको पनि जनाइएको छ।


प्रकाशित : बुधबार, कात्तिक १ २०८००९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend