बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

भारतले नेपाललाई ९५ हजार टन चामल दिने

images
बुधबार, कात्तिक १ २०८०
images
भारतले नेपाललाई ९५ हजार टन चामल दिने

नेपालले १ लाख टन चामल आयातका लागि अनुरोध गरेको थियो। तर भारतले भने ९५ हजार टनको अनुमति दिएको हो। 

images
images

काठमाडौं-  भारत सरकारले नेपालका लागि चामल निर्यात खुला गरिदिएको छ। गैरबासमती चामलको परिमाण तोकेर भारतले नेपालका लागि निर्यात अनुमति दिने निर्णय गरेको हो। 

images
images
images

भारतले नेपालका लागि ९५ हजार टन गैरबासमती चामल निर्यातको कोटा स्वीकृत गरेको छ। भारतीय सरकारले जारी गरेको सूचनामा नेपालसहितका सात देशले परिमाणसहितको गैरबासमती चामल पाउनेछन्। 

images
images

भारतले आन्तरिक बजारको मूल्यवृद्धिलाई ध्यान दिँदै गैरबासमती चामलको निर्यातमा रोक लगाएको थियो। तर सरकारले निर्णय गरेर निश्चित देशलाई खोल्दै आएको छ।

images
images

भारत सरकारले यही जुलाई २० मा गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।

नेपालले १ लाख टन चामल आयातका लागि अनुरोध गरेको थियो। तर भारतले भने ९५ हजार टनको अनुमति दिएको हो। भारतबाट यो चामल सरकारी स्वामित्वको कम्पनीमार्फत आउने छ। 

नेपालमा भारतबाट चामल आयात हुँदै आएको छ। भारतले प्रतिबन्ध लगाएकाले आन्तरिक बजारमा अझै थप मूल्यवृद्धि तथा अभाव हुनसक्ने जोखिम रहेको छ। 


प्रकाशित : बुधबार, कात्तिक १ २०८००७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend