काठमाडौं- एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय साझेदार एफएमओबाट २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ।
हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले एफएमओबाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको बैंकले जनाएको छ।
बैंक र एफएमओबीचको यस साझेदारीमा एफएमओबाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमको विकास र प्रवर्द्धनका लागि प्राप्त भएको हो।
एनएमबि बैंकले हाल देशभरी दुई सय एक शाखाहरु, एक सय ५१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।