बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

निर्माणको एक दशकपछि सञ्चालनमा आयो काँकडभिट्टाको पूर्वाधारयुक्त बसपार्क

images
मंगलबार, असोज ३० २०८०
images
images
निर्माणको एक दशकपछि सञ्चालनमा आयो काँकडभिट्टाको पूर्वाधारयुक्त बसपार्क

मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट तीन करोड ३६ लाख रूपैयाँ र नगर विकास कोषको ऋणबाट सात करोड ७७ लाख ७२ हजार रूपैयाँ जुटाएर संयुक्त लगानीमा प्यारीभिट्टा बसपार्क निर्माण गरेको थियो।

images
images

झापा- नेपालको पूर्वीनाका काँकडभिट्टाको पूर्वाधारयुक्त बसपार्क निर्माणको एक दशकपछि आजबाट सञ्चालनमा आएको छ। काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले मेचीनगर नगरपालिका-७ को प्याराभिट्टामा बसपार्क निर्माण गरिएको थियो।

images
images
images

दसैँंको अवसर पारेर आज मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले एक कार्यक्रमबीच बसपार्क सञ्चालनको विधिवतरुपमा सुरुवात भएको घोषणा गरे। काँकरभिट्टाबाट लामो र छोटो दुरीका दैनिक पाँच सय बस सञ्चालन हुँदै आएका छन्। बजारको बीचमै रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेकाले खुल्ला र फराकिलो स्थानमा बनेको बसपार्कबाट सेवा थालिएको नगर प्रमुख बुढाथोकीको भनाइ छ। 

images

दशकौँ पछिसम्मको आवश्यकतालाई दृष्टिगत गरी पूर्वीद्वार काँकडभिट्टाबाट एक किलोमिटर पश्चिमतर्फ राजमार्गकै छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण गरिएको थियो। डेढ सयदेखि दुई सय बस एकैपटकमा पार्किङ गर्न सक्ने क्षमताको नवनिर्मित प्यारीभिट्टा बसपार्क १० वर्षदेखि प्रयोगविहीन बनेको थियो।

images
images
images

मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट तीन करोड ३६ लाख रूपैयाँ र नगर विकास कोषको ऋणबाट सात करोड ७७ लाख ७२ हजार रूपैयाँ जुटाएर संयुक्त लगानीमा प्यारीभिट्टा बसपार्क निर्माण गरेको थियो। बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुब शिवाकोटी लगायत १२ जनाले पाँच विगाहा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए।

विसं २०६८ असार १९ गते शिलान्यास कार्यक्रम नगरी दमकको लामा मैनाचुली शिवशक्ति जेभीले बसपार्कको निर्माण कार्य थालनी गरेको थियो। दुई वर्षपछि निर्माण सम्पन्न सो बसपार्कको औपचारिक उद्घाटन २०७४ भदौ १५ गते तत्कालीन नगर प्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रवीन कोइरालाले संयुक्त रुपमा गरेका थिए।

निर्माण भएको चार वर्षपछि उद्घाटन भएको बसपार्क बल्ल १० वर्ष बित्दा सञ्चालनमा आएको जग्गादाता शिवकुमार थापाले बताए। सुरक्षा बन्दोबस्तका लागि आवास भवनसहितको प्रहरी पोस्ट पनि बसपार्कमा निर्माण गरिएको छ। रात्रिकालीन उज्यालोका लागि विद्युत् र सौर्य बत्तीको पर्याप्त व्यवस्थाका साथै खानेपानी र शौचालयको समेत व्यवस्था मिलाइएको छ। राजमार्गबाट बसपार्क जोड्ने पहुँचमार्गलाई कालोपत्र गरिएको छ। रासस


प्रकाशित : मंगलबार, असोज ३० २०८००८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend