बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

अर्थतन्त्र सुधार्न सामूहिक प्रयास आवश्यक छ : अर्थमन्त्री महत

images
सोमबार, असोज २९ २०८०
images
अर्थतन्त्र सुधार्न सामूहिक प्रयास आवश्यक छ : अर्थमन्त्री महत

बिस्तारै अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको भन्दै अर्थमन्त्री प्रकाशशरण महतले सुधारका लागि सरकार र अर्थ मन्त्रालयको मात्रै प्रयासले नपुग्ने बताए। सबैले आ-आफ्नो क्षेत्रबाट लाग्न जरुरी रहेको उनको भनाइ छ।

images
images

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै क्षेत्र र पक्षबाट सामूहिक प्रयास थालिनुपर्ने बताएका छन्।

images
images
images

महिला आर्थिक पत्रकार संघ (फेजा) को औपचारिक उद्घाटन कार्यक्रममा उनले अर्थतन्त्र सुधारका लागि सबैले सहयोगको अपेक्षा सरकारले राखेको बताए।

images
images

'बिस्तारै अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेका छन्। सुधारका लागि सरकार र अर्थ मन्त्रालयको प्रयासले पुग्दैन। सबैले आ-आफ्नो क्षेत्रबाट लाग्न जरुरी छ', अर्थमन्त्री डा महतले भने, 'सामूहिक अठोटका साथ काम गरौँ। जहाँ अप्ठ्यारो छ, त्यसलाई फुकाउन अर्थमन्त्रालय तयार छ।' आर्थिक सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको र सकारात्मक नतिजा पनि देखिँदै गएको उनको भनाइ छ।

images
images

अर्थमन्त्री महतले मुलुकको अर्थ-सामाजिक विकासका लागि महिला सशक्तीकरणको आवश्यकता पनि औँल्याए। हरेक क्षेत्रमा महिलाको सहभागिता बढाउँदै उनले जाने र समावेशी विकासको अवधारणा अँगालेपछि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा महिला सहभागिता बढेको बताए। रासस


प्रकाशित : सोमबार, असोज २९ २०८०११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend